प्रभु बैंकको ऋणपत्र किन्ने आज अन्तिम दिन

Nov 13, 2019 12:20 PM Merolagani



प्रभु बैंक (PRVU) को एक अर्ब रुपैयाँ बराबरको '१०.२५% प्रभु बैंक डिबेन्चर २०८६' मा आवेदन गर्ने कार्तिक २७ गते अन्तिम दिन रहेको छ।

बैंकले कार्तिक २१ गतेदेखि एक हजार रुपैयाँ अंकित दरका १० लाख इकाई जारी जारी गरेको थियो। ऋणपत्रमा मंगलबारसम्म प्रयाप्त आवेदन परेपछि बुधबार कोर्यालय समय पश्चात निष्काशन बन्द गर्न लागिएको बिक्री प्रबन्धक सनराइन क्यापिटलले जनाएको छ

बैंकले निष्काशनमा ल्याएको कूल दश लाख इकाईमध्ये ४ लाख इकाई सर्वसाधारणमा जारी गरिएको छ भने ६ लाख इकाई बैंकले व्यक्तिगत तरवबाट संघ संस्थालाई बिक्री गर्नेछ।

बैंकले जारी गर्ने १० वर्षे अवधिको उस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन्।

ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ। रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु बैंकको यस ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने 'इक्रा एनपि एलबीबीबी-' रेटिङ दिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन्।

यद्यपी शेयर जस्तो दोस्रो बजारमा सहजै खरीद बिक्री नहुँदा सर्वसाधारणबाट ऋणपत्रमा उत्साहजनक सहभागिता भने देखिँदैन।

ऋणपत्रमा लगानी गर्नेलाई शेयर बजारमा जस्तो शेयरको मूल्यमा घटबढ नहुने, लगातार दश वर्षसम्म वार्षिक १०.२५ प्रतिशत ब्याजदर भईरहने, बैंक तथा वित्तीय संस्थाहरुमा ऋणपत्र धितो राखेर कर्जा लिन सकिने र ऋणपत्रको अवधि समाप्त नहुँदै दोस्रो बजारमा बिक्री गरि लगानी फिर्ता लिन सकिने विशेषता रहन्छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।