सनराइज बैंकले बाँड्न थाल्यो गत आवको लाभांश

Jan 18, 2019 Merolagani



सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरि साधारण सभाबाट अनुमाेदन गरेकाे नगद लाभांश माघ ४ गते शुक्रबारदेखि शेयरधनीहरूको बैंक खातामा नै वितरण थालेको छ ।

बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण थालेको हो। बैंकको ११ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ११.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले ०७३ माघ २८ गतेदेखि एनआईसीसी क्यापिटल मार्केटलाई प्राप्ती गरि एकीकृत कारोबार थालेकाे थियाे। आयकर ऐन अनुसार प्राप्ती मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीकगत लाभकर नलाग्ने व्यवस्था रहेकाे र माघ २९ देखि ०७४ कार्तिक १२ गतेसम्म भएको शेयर कारोबारबाट प्राप्त शेयरको हकमा नगद लाभांशमा लाभकर लाग्ने हुँदा पाँच प्रतिशत कट्टा गरि जम्मा हुने बैंकले जनाएको छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई आफूले हितग्राही खाता खोलेको निक्षेप सदस्यमा बैंक खाता अद्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ। हितग्राही खातामा बैंक खाता अद्यावधिक धएपछि मात्र बैंकको नगद लाभांश जम्मा हुने बताइएकाे छ ।

बैंकको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल रहेको छ ।

विस्तृत सूचना यहाँबाट हेर्नुहाेस्:-




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।