जनता बैंकलाई मर्चेन्ट बैंकर सञ्चालन गर्न धितोपत्र बोर्डको अनुमति

Jan 22, 2019 Merolagani

जनता बैंक नेपाल (JBNL) लाई धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) सञ्चालन गर्न अनुमति दिएको छ। बैंकको पुर्ण स्वामित्व रहने जनता क्यापिटल लिमिटेडलाई धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्तर्गत बनेका नियम, निर्देशिकाको अधिनमा रही मर्चेन्ट बैंकरको रुपमा काम गर्न अनुमति दिएको हो ।

जनता क्यापिटलले शेयरको निश्काशन तथा बिक्री प्रबन्ध, धितोपत्रको प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापना र संस्थागत परामर्शको सेवा प्रदान गर्ने गरी सञ्चालनको लागि अनुमति दिएको बैंकले जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं महानगरपालिका थापाथलीमा कार्यालय रहेको जनता क्यापिटलले आफ्नो उदेश्य अनुरुपको व्यवसाय अगाडि बढाउन सम्पूर्ण पुर्वाधार तयार रहेको जनाएको छ ।

बैंकको पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले शेयर ब्रोकरेज सम्बन्धी कार्य गर्ने व्यवस्थालाई पारित गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।