प्रोग्रेशिभ फाइनान्समा देखियो सुधार, खुद नाफा करिब साढे २ करोड

Jan 27, 2019 Merolagani



प्रोग्रेशिभ फाइनान्स (PROFL) मा सुधारको संकेत देखा परेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न २८१ प्रतिशत हकप्रद जारी गरेर प्रयासरत रहेको यस फाइनान्सले पूँजी वृद्धिसँगै आफ्नो वित्तीय अवस्था पनि सुधार गरेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनी २ करोड ४५ लाख रुपैयाँ खुद नाफामा पुगेको छ । गत वर्षको यसै अवधिमा फाइनान्स ८० लाख २९ हजार खुद नोक्सानीमा रहेको थियो । 

नोक्सानीबाट नाफामा पुगेसँगै गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५९ पैसाले धनात्मक बनेको छ ।

यस अवधिमा २ करोड ६७ लाख रुपैयाँ बराबरको खराब कर्जा उठाएर गत वर्ष खुद नोक्सानीमा रहेको फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा उच्च बढोत्तरी गरेको हो । यस अवधिमा फाइनान्सको खराब कर्जा अनुपात ३.७८ बाट १.५३ प्रतिशतमा झरेको छ ।

फाइनान्सले २१ करोड चुक्ता पूँजी २०७.५२ प्रतिशतले बढाएर ६४ करोड ५८ लाख पुर्याएको छ भने जगेडा कोषमा उत्कृष्ट सुधार गर्दै ४३ लाख ३५ हजारबाट ३ करोड ७७ लाख ६३ हजार रुपैयाँ सञ्चित गरेको छ ।

यस अवधिमा फाइनान्सले २ करोड ५ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सले एक करोड ४५ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्सका प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ८५ पैसा र मूल्य आम्दानी अनुपात १६.२१ गुणा बढी छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।