पाँच कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा, तपाइले पाउनुभयो ?

Feb 02, 2019 Merolagani



नेप्सेमा सूचीकृत पाँच कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश शेयरधनीको बैंक खातामा नै जम्मा गरेको जनाएका छन्। यसरी नगद लाभांश वितरण गर्ने कम्पनीहरुमा नेपाल एसबिआई बैंक, सप्तकोशी र सांग्रीला डेभलपमेन्ट बैंक तथा सोल्टी होटल र नेरुडे लघुवित्त छन्।

यी कम्पनीहरुले साधारण सभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधि भएका शेयरधनीलाई लाभांश वितरण गरेका हुन् । 

हालसम्म पनि बैंक खाता अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली आफ्नो शेयर यथाशिघ्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंकको खाताको विवरण अद्यावधिक गरेपछि खातामा नै नगद लाभांश जम्मा ती कम्पनीले जनाएका छन् ।

नेपाल एसबिआई बैंक (SBI) को पुस २८ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाले शेयरधनीलाई १०.७९ प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनस पारित गरेको थियो । बैंकको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड, हात्तिसार रहेको छ ।

यसैगरि सप्तकोशी डेभलपमेन्ट बैंक (SKDBL) को पुस ३० गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले शेयरधनीलाई ५.०३६ प्रतिशत नगद लाभांश तथा ३ प्रतिशत बोनस पारित गरेको थियो । बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी रहेको छ ।

सांग्रीला डेभलपमेन्ट बैंक (SADBL) को पुस ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले शेयरधनीलाई ४.४५ प्रतिशत नगद लाभांश तथा ४ प्रतिशत बोनस पारित गरेको थियो । बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट रहेको छ ।

यस्तै सोल्टी होटल (SHL) को पुस २६ गते सम्पन्न ४४ औं वार्षिक साधारण सभाले शेयरधनीलाई १६.३२ प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस पारित गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय आफ्नै कार्यालय ताहाचलमा रहेको छ ।

र नेरुडे लघुवित्त (NLBBL) को पुस २० गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले शेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश तथा १५ प्रतिशत बोनस पारित गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रारको सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी रहेको छ ।

पाँचवटै कम्पनीको बोनस शेयर शेयर भने सम्बन्धित कम्पनीले नेप्सेमा सूचीकरण गराएपश्चात मात्र शेयरधनीको हितग्राहि खातामा जम्मा गर्नेछन् ।

मेगा बैंकको नगद लाभांश वितरण, हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आह्वान




मादुरो अमेरिकी नियन्त्रणमा परेपछि भेनेजुएलाको शेयर बजारले रेकर्ड तोड्यो

Jan 06, 2026 02:20 PM

विश्व राजनीतिमा निकै विरलै देखिने दृश्य भेनेजुएलाको शेयर बजारमा देखिएको छ। ३ जनवरी २०२६ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नियन्त्रणमा परेपछि त्यहाँको स्थानीय शेयर बजार 'काराकास स्टक एक्सचेन्ज' (Bolsa de Valores de Caracas) मा लगानीकर्ताको उत्साहले नयाँ रेकर्ड कायम गरेको छ।