स्वरोजगार लघुवित्तको पूँजी वृद्धिको चाप बढ्दा प्रतिशेयर आम्दानीमा देखियाे गिरावट

Feb 03, 2019 Merolagani



स्वरोजगार लघुवित्त (SLBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको गत आवको पुस मसान्तको तुलनामा करिब ४० प्रतिशतले खुद नाफा बढाएकाे छ । नाफा बढेपनि लघुवित्तकाे प्रतिशेयर आम्दानी भने गत आवकाे यसै अवधिकाे तुलनामा १० रुपैयाँ बढीले घटेको वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ।

लघुवित्तको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार २ करोड ३६ लाख खुद मुनाफा आर्जन भएको छ ।

यो गत वर्षको तुलनामा ३९.६० प्रतिशत अर्थात ६७ लाख २० हजार रुपैयाँले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले एक करोड ६९ लाख खुद नाफा आर्जन गरेको थियो । 

१२ करोड २४ लाख रुपैयाँको चुक्ता पूँजी १२० प्रतिशतले बढाएर २६ करोड ९५ लाख पुगेको छ र।। उच्च पूँजीवृद्धिको चापले लघुवित्तको प्रतिशेयर आम्दानीमा १० रुपैयाँ १३ पैसाको गिरावट देखिएको छ । गत वर्ष पुस मसान्तमा २७ रुपैयाँ ७१ पैसा प्रतिशेयर आम्दानी रहेको लघुवित्तको चालु आर्थिक वर्षको यसै अवधिमा १७ रुपैयाँ ५८ पैसा झरेको छ ।

यस अवधिमा लघुवित्तले ४ करोड ६८ लाखको जगेडा कोषमा ४५.५० प्रतिशतले सुधार गर्दै ६ करोड ८१ लाख रुपैयाँ सञ्चित गरेको छ । पुस मसान्तसम्ममा ९८ करोड ७९ लाख निक्षेप संकलन र एक अर्ब ३६ करोड २९ लाख सापटीबाट लघुवित्तले २ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बराबको कर्जा परिचालन गरेको छ ।

यस अवधिमा लघुवित्तले ८ करोड ४९ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ४७.४२ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले ५ करोड ७६ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको खराब कर्जा अनुपात ०.२३ बाट ०.८१ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात ३०.७२ गुणा बढी छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।