नेपाल सेवा लघुवित्तको नगद लाभांश वितरण

Feb 07, 2019 Merolagani



नेपाल सेवा लघुवित्त वित्तीय संस्था (NSEWA) ले चौथौ वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश माघ २३ गते बुधबारदेखि शेयरधनीकोे बैंक खातामा वितरण गर्न थालेको छ ।

लघुवित्त कम्पनीले गत वर्षको नाफाबाट वितरण प्रस्ताव गरको ५.२५ नगद लाभांश पुस २८ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट पारित भएको थियो । सो लाभांश पुस १३ गतेसम्म डिम्याट खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीलाई वितरण गरेको लघुवित्तको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलले जनाएको छ ।

हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीलाई कम्पनीले शेयर डिम्याट गरी बैंक खाता अद्यावधिक गरि बैंक खातामा नै लाभांश प्राप्त गर्न आग्रह गरेको छ ।

विस्तृत सूचना यहाँबाट हेर्नुहाेस् ...




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।