बैंक अफ काठमाण्डूको नगद लाभांश वितरण, हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आह्वान

Feb 04, 2019 Merolagani



बैंक अफ काठमाण्डू (BOKL) ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गरेको नगद लाभांश शेयरधनीकै बैंक खातामा पठाएको छ। बैंकले बुकक्लोजको दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण गरेको हो।

साथै बैंकले हालसम्म शेयर डिम्याट नगरेका तथा हितग्राहि खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई नगद लाभांश जम्मा गर्नको लागि हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकको माघ १७ गते गते सम्पन्न २४ औं वार्षिक साधारण सभाले शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश तथा १४ प्रतिशत बोनस पारित गरेको थियो । बोनस भने नेप्सेमा सूचीकृत भएपश्चात मात्र पठाउनेछ ।

बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

यसपछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको हकमा पनि नगद लाभांश क्रमश बैंक खातामा नै क्रमश जम्मा हुने बैंकले जनाएको छ।

...............{यस्ताे छ विस्तृत सूचना}...............

बैंकले साधारण सभा प्रयोजनको लागि बैंकले पुस ३० गते बुकक्लोज गरेकाले बैंकको लाभांश पुस २९ गते आइतबार सम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।

हाल ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २९ पैसा छ ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।