नेपाल लाइफको नगद लाभांश वितरण, कहिले पठाउँदैछ बाेनस ?

Apr 15, 2018 Merolagani



नेपाल लाइफ (NLIC) इन्स्यारेन्स कम्पनीले साधारणबाट पारित नगद लाभांश भाेलीपल्टबाटै वितरण थालेकाे छ । कम्पनीकाे गत चैत २८ गते सम्पन्न १८ औं बार्षिक साधारण सभाले २८.५३ प्रतिशत नगद लाभांश तथा  ४२ प्रतिशत बाेनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे । सभाबाट पारित ४२ प्रतिशत बोनस सेयर भने नेप्से र सिडिएससीमा सूचीकरण पश्चात पठाइने कम्पनीले जनाएको छ । 

नेपाल लाइफले साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिन चैत १३ गतेसम्म सेयर डिम्याट गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीलाई बोनसमा लाग्ने कर कट्टी गरि वितरण गरेको जनाएको हो ।

बुक क्लोजपछि डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्ने सेयरधनीको नगद क्रमश पठाउँदै जाने कम्पनीले जनाएको छ ।

हालसम्म पनि सेयर डिम्याट नगरेका सेयरधनीको नगद लाभांश तथा बोनस सेयर सेयर डिम्याट पश्चात बैंक खाता अद्यावधिक गराएपश्चात मात्र वितरण हुनेछ ।

विगत वर्षहरुको लाभांश संकलन नगरेका सेयरधनीले कम्पनीको प्रधान कार्यालय हेरिटेज प्लाजाको दोस्रो तल्ला कमलादीमा सम्पर्क गरि लिन इन्स्योरेन्स कम्पनीले आग्रह गरेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।