बोनस र हकप्रद गरि तीन कम्पनीको ३२ लाख कित्ता शेयर सूचीकृत

Feb 07, 2019 Merolagani



नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको बोनस र हकप्रद शेयर गरि ३२ लाख १८ हजार १३७ कित्ता शेयर कारोबारका लागि सूचीकृत भएको छ।

हाम्रो विकास बैंकको बोनस तथा नयाँ नेपाल लघुवित्त र सिटी एक्सप्रेस फाइनान्सको हकप्रद सूचीकृत भएको हो। 

हाम्रो विकास बैंक (HAMRO) को गत कात्तिक ११ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको २.४० प्रतिशत बोनसपारित भएको थियो । बैंकले सोही १ लाख १८ हजार १३७ कित्ता बोनस शेयर शेयर सूचीकृत गराएको हो । बैंकले ७.९१ प्रतिशत नगद भने यसअघि नै शेयरधनीकाे खातामा पठाइसकेकाे छ ।

यस्तै सिटी एक्सप्रेस फाइनान्स (#CEFL@)  ले गत भदौ १ गतेदेखि असोज ४ गतेसम्म जारी गरेको चुक्ता पूँजीको १६७ प्रतिशत बराबरको २५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

र नयाँ नेपाल लघुवित्त (NNLB) ले गत साउन २७ देखि भदौ ३१ गतेसम्म बिक्री गरेको चुक्ता पूँजीको २५० प्रतिशत बराबरको ६ लाख कित्ता हकप्रद सूचीकृत गराएको हो ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।