बोनस र हकप्रद गरि तीन कम्पनीको ३२ लाख कित्ता शेयर सूचीकृत

Feb 07, 2019 Merolagani



नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको बोनस र हकप्रद शेयर गरि ३२ लाख १८ हजार १३७ कित्ता शेयर कारोबारका लागि सूचीकृत भएको छ।

हाम्रो विकास बैंकको बोनस तथा नयाँ नेपाल लघुवित्त र सिटी एक्सप्रेस फाइनान्सको हकप्रद सूचीकृत भएको हो। 

हाम्रो विकास बैंक (HAMRO) को गत कात्तिक ११ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको २.४० प्रतिशत बोनसपारित भएको थियो । बैंकले सोही १ लाख १८ हजार १३७ कित्ता बोनस शेयर शेयर सूचीकृत गराएको हो । बैंकले ७.९१ प्रतिशत नगद भने यसअघि नै शेयरधनीकाे खातामा पठाइसकेकाे छ ।

यस्तै सिटी एक्सप्रेस फाइनान्स (#CEFL@)  ले गत भदौ १ गतेदेखि असोज ४ गतेसम्म जारी गरेको चुक्ता पूँजीको १६७ प्रतिशत बराबरको २५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

र नयाँ नेपाल लघुवित्त (NNLB) ले गत साउन २७ देखि भदौ ३१ गतेसम्म बिक्री गरेको चुक्ता पूँजीको २५० प्रतिशत बराबरको ६ लाख कित्ता हकप्रद सूचीकृत गराएको हो ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।