शाईन रेसुङ्गा डेभलपमेन्ट बैंककाे १७.७०% बोनस नेप्सेमा सूचीकृत

Feb 18, 2019 Merolagani



शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) को २४ लाख ४० हजार ४९८ दशमलव ६० कित्ता बाेनस शेयर नेप्सेमा सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षमा वितरण गरेको बोनस शेयर फागुन ६ गते सूचीकृत गराएको हो।

बैंकको गत असोज २८ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १७.७० प्रतिशत बोनस पारित गरेको थियो । सोही बोनस अहिले सूचीकृत भएको हो । 

चुक्ता पुँजी १ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ रहेको शाइन रेसुङ्गाको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५३ पैसा छ। यस अवधिमा बैंकले १९ करोड ९० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको बोनस पाउनेछन् ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।