शाईन रेसुङ्गा डेभलपमेन्ट बैंककाे १७.७०% बोनस नेप्सेमा सूचीकृत

Feb 18, 2019 Merolagani



शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) को २४ लाख ४० हजार ४९८ दशमलव ६० कित्ता बाेनस शेयर नेप्सेमा सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षमा वितरण गरेको बोनस शेयर फागुन ६ गते सूचीकृत गराएको हो।

बैंकको गत असोज २८ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १७.७० प्रतिशत बोनस पारित गरेको थियो । सोही बोनस अहिले सूचीकृत भएको हो । 

चुक्ता पुँजी १ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ रहेको शाइन रेसुङ्गाको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५३ पैसा छ। यस अवधिमा बैंकले १९ करोड ९० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको बोनस पाउनेछन् ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।