जेबिल्स फाईनान्सको खुद नाफा २६१.५६ प्रतिशतले बढ्दा कति कमायाे ?

Feb 09, 2019 Merolagani



जेबिल्स फाईनान्स (JEFL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६१.५६ प्रतिशतले खुद नाफा वृद्धि गर्दा ९० लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा फाइनान्सले २५ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालिस प्रतिशत हकप्रदबाट कम्पनीको ५६ करोड ९५ लाखको चुक्ता पूँजी ८० करोड ३८ लाख रुपैयाँमा वृद्धि गरेको छ। चुक्ता पूँजीसँगै नाफामा पनि केही सुधार गरेकाले फाइनान्सको प्रतिशेयर आम्दानी ८८ पैसाबाट २ रुपैयाँ २६ पैसामा बढोत्तरी भएको छ। 

रहेको फाइनान्सको ४ करोड ९० लाखको जगेडा कोषको आकार ५६.५९ प्रतिशत अर्थात २ करोड ७७ लाखले बढेर ७ करोड ६८ लाख रुपैयाँ सञ्चित भएको छ ।

पुस मसान्तसम्ममा एक अर्ब ७ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले ६ करोड ४७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्था मार्फत सापटी लिएर एक अर्ब ३० करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा फाइनान्सको निक्षेप संकलन २.२३ प्रतिशतले घटेको छ भने कर्जा लगानी १७.९१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा फाईनान्सले तीन करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा २१.३० प्रतिशतले धेरै हो ।

फाईनान्समा खराब कर्जा अनुपातमा सुधार गरेको छ । गत आवको पुस मसान्तमा ४.८४ प्रतिशत रहेको फाइनान्सको खराब कर्जा अनुपात ३.८५ प्रतिशतमा झरेको छ ।

यस अवधिमा फाइनान्सको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात ५६.७४ गुणा बढी छ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।