नागबेली लघुवित्तको प्रतिशेयर आम्दानीमा १७ रुपैयाँ गिरावट

Feb 13, 2019 Merolagani

नागबेली लघुवित्त (NBBL) को चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा खुद नाफा ९.७९ प्रतिशतले घटेको छ । पूँजी वृद्धि र खुद नाफा घटेपछि कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ १ पैसाको गिरावट देखिएको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा लघुवित्तले एक करोड १८ लाख खुद नाफा आर्जन गरेको थियो । 

शतप्रतिशत हकप्रद पूँजीकरण गरेर ७ करोड ६६ लाखको चुक्ता पू्रँजी १५ करोड ३३ लाख पुर्याएको लघुवित्तको समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९८ पैसामा झरेको हो ।

गत वर्ष पुस मसान्तमा कम्पनीको वार्षिक इपिएस ३० रुपैयाँ ९९ पैसा थियो। चालू आवको पुस मसान्तसम्ममा लघुवित्तले जगेडा कोषमा भने ४२.६३ प्रतिशतले सुधार गर्दै ७ करोड ३६ लाख रुपैयाँ सञ्चित गरेको छ ।

यस अवधिमा लघुवित्तले निक्षेप संकलन ३६.३७ प्रतिशतले बढएर २० करोड ४७ लाखबाट २७ करोड ९१ लख पुर्याएको छ भने कर्जा विस्तार १९.५४ प्रतिशतले बढाएर ७३ करोड २२ लाख बराबरको रकम परिचालन गरेको छ । यसका लागि लघुवित्तले ३७ करोड ३७ लाख रुपैयाँ सापटी लिएको छ ।

समीक्षा अवधिसम्ममा लघुवित्तले ६ करोड ७६ लाख ब्याज आम्दानी र ३ करोड २१ लाख ब्याज खर्च गरी ३ करोड ५५ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ४२.३२ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ४८ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

त्यसैगरी लघुवित्तले अन्य सञ्चालन आम्दानीको रुपमा एक करोड एक लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा लघुवित्तले एक करोड ८८ लाख कर्मचारी खर्च र ५० लाख २२ हजार अन्य सञ्चालन खर्च गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात ३.२९ बाट बढेर ४.८१ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात ५५.७९ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।