सजिलो लघुवित्तले नाफा आर्जन गर्दा आर्थिक समृद्धि खुद नोक्सानीमा

Feb 17, 2019 Merolagani



हालै स्थापना भएर आईपिओ जारी गर्न बाँकी आर्थिक आर्थिक समृद्धि लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २८ लाख ८ हजार खुद नोक्सानी व्यहोर्दा अर्को यस्तै लघुवित्त सजिलोले ५५ लाख ४४ हजार खुद नाफा आर्जन गरेको छ।

सजिलो लघुवित्त (SAJILO) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ३८ लाख ५८ हजार रुपैयाँ नाफा बढाएर दोस्रो त्रैमासमा ५५ लाख ४४ हजार खुद नाफा आर्जन गरेको हो। असोज मसान्तमा कम्पनीको खुद नाफा १६ लाख ८६ हजार थियो। 

चुक्ता पूँजी १४ करोड रहेको लघुवित्तको जगेडा कोषमा ७ लाख ८३ हजार सञ्चित रहेको छ । पुस मसान्तसम्म लघुवित्तले ३ करोड ९६ लाख निक्षेप संकलन र २६ करोड ९७ लाख सापटीबाट ३९ करोड ७४ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

यस अवधिमा लघुवित्तले २ करोड ६ लाख ब्याज आम्दानी र ७९ लाख ५४ हजार ब्याज खर्च गरी एक करोड २६ लाख खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै अन्य सञ्चालन आम्दानीका रुपमा लघुवित्तले ७० लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ।

लघुवित्तले ७० लाख २८ हजार कर्मचारी खर्च र ४१ लाख ३६ हजार अन्य सञ्चालन खर्च गरेको छ । योसँगै लघुवित्तले ४६ लाख ४ हजार सञ्चालन नाफा आर्जन गरेको छ।

उता आर्थिक समृद्धि लघुवित्त (ASLBSL) को दोस्रो त्रैमाससम्ममा प्रथम त्रैमासको भन्दा १७ लाख १९ हजार नोक्सानी बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २८ लाख ८ हजार खुद नोक्सानीमा रहेको छ । प्रथम त्रैमासमा कम्पनीको खुद नोक्सानी १० लाख ८९ हजार थियो ।

चुक्ता पूँजी ३ करोड ६ लाख रहेको लघुवित्तको जगेडा कोष ६५ लाख ४ हजार रुपैयाँले ऋणात्मक रहेको छ। यस अवधिमा लघुवित्तले ३ करोड ३६ लाख लाख निक्षेप संकलन र १२ करोड १८ लाख सापटीबाट १४ करोड ६१ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

समीक्षा अवधिसम्ममा लघुवित्तले एक करोड ९६ लाख ब्याज आम्दानी र ६१ लाख २ हजार ब्याज खर्च गरी एक करोड ३५ लाख खुद ब्याज आम्दानी गरेको छ।

लघुवित्तले राम्रो आम्दानी गरेपनि खर्च अधिक हुदाँ खुद नोक्सानी बेहोर्नुपरेको हो। यस अवधिमा लघुवित्तले ५७ लाख १८ हजार कर्मचारी खर्च र ९२ लाख १५ हजार अन्य सञ्चालन खर्च गरेको छ।
लघुवित्तको खराब कर्जा अनुपात ०.३५ प्रतिशत रहेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।