इन्फिनिटी माइक्रोफाइनान्सले माग्यो आईपिओ जारी गर्ने अनुमति

Feb 18, 2019 Merolagani

इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था (INFINITY) ले नियामक निकाय धितोपत्र बोर्डसँग जारी पूँजीको  ३२.५० प्रतिशत साधारण शेयर (आईपिओ) बिक्री गर्न अनुमति मागेको छ। कम्पनीले माघ २९ गते ६ लाख ७४ हजार कित्ता आइपिओ निष्काशन गर्न अनुमति मागेको बोर्डले जनाएको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपिओ बिक्री गर्ने निवेदन दिएको छ। 

लघुवित्तले जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५ प्रतिशतले हुन आउने ६ करोड ७४ लाख पाँच हजार रुपैयाँ बराबरको ६ लाख ७४ हजार ५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हो।

साधारण शेयर निष्काशनका लागि इन्फिनिटीले सिभिल क्यापिटल मार्केटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ । लघुवित्त कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्गस् नेपालले ‘ग्रेड ४’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटीको चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले एक करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी वार्षिक १८ रुपैयाँ ५२ पैसा कायम गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा एक करोड १७ लाख रुपैयाँले बढाएको हो।

हाल १४ करोड चुक्ता पूँजी रहेको कम्पनीले आइपिओ निष्काशन पछि चूक्ता पूँजी २० करोड ७४ लाख रूपैयाँ कायम हुनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।