मोर्चाबन्दीमा उत्रिएका ब्रोकर र बोर्ड अध्यक्ष कार्की छलफलमा

Feb 22, 2019 Merolagani

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्की विरुद्ध मोर्चाबन्दीमा उत्रिएका शेयर दलाल व्यवसायीलाई बोर्ड अध्यक्ष कार्कीले छलफलमा बोलाएका छन् । बोर्ड अध्यक्ष कार्कीले अपमानित गरेको भन्दै विहीबार बोर्ड घेराउ गरेका ब्रोकर शुक्रबार छलफलमा पुगेका हुन् ।

  बोर्ड अध्यक्ष कार्कीको उदण्ड व्यवहारले ब्रोकरहरु अपमानित हुनुका साथै व्यवसायिक कृयाकलापमा प्रश्नचिन्ह उठाइएको आरोप लगाउदै उनीहरुले विहीबार धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका थिए ।

बोर्ड अध्यक्ष कार्कीले छलफलमा डाकेपछि आफुहरु धितोपत्र बोर्ड पुगेको एक ब्रोकरले मेरो लगानीलाई जानकारी दिए ।

गत मंगलबारको संघिय संसदीको अर्थ समितिको बैठकमा अध्यक्ष कार्कीले ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानभाटलाई अपमानित व्यवहार गरेको भन्दै ब्रोकरहरु बोर्ड अध्यक्ष विरुद्ध मोर्चाबन्दीमा उत्रिएका थिए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।