अन्तराष्ट्रिय संस्थाले पाकिस्तानलाई कालोसूचीमा राख्ने, आर्थिक सहायता रोकिने

Feb 24, 2019 Merolagani

अन्तराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले पाकिस्तानले टेरर फण्डिङ रोक्नका लागि पर्याप्त प्रयास नगरेको कालोसूचीमा राख्नसक्ने चेतावनी दिएको छ । एफएटीएफले टेरर फण्डिङ रोक्नका लागि एक्सन प्लानलाई मे महिनासम्मा पूरा गर्नका लागि पाकिस्तानलाई समय तोकिदिएको छ ।

एफएटीएफले जुन र अक्टोबरमा फेरी समीक्षा गर्नेछ । खबरका अनुसार, एफएटीएफले पुलवामा आक्रमणमा पाकिस्तानको भूमिका भएको पाएमा उसलाई कालोसूचीमा राख्नसक्ने बताइएको छ ।

पाकिस्तान यदि एफएटीएफको कालोसूचीमा पर्छ भने उसलाई आईएमएफ, वल्र्ड बैंक, एशियन डेभलपमेन्ट बैंक तथा यूरोपियन यूनियनजस्ता अन्तराष्ट्रिय सहायता तथा ऋणदाताहरुले डाउनग्रेड गर्नसक्ने बताइएको छ । यसबाट पाकिस्तानलाई यि संस्थाहरुबाट कुनै पनि प्रकारको फण्डिङ प्राप्त हुनेछैन ।

एफएटीएफले गत वर्ष जुन महिनामा पाकिस्तानलाई ग्रे लिस्टमा राखेको थियो । पाकिस्तान यसबाट बाहिर आउने कोसिसमा जुटेके थियो ।

पाकिस्तानमाथि हाल कर्जाको भार एकदमै धेरै रहेको छ । उसमाथि २७ लाख करोड पाकिस्तानी रुपैयाँ भन्दा बढी ऋणको भार रहेको बताइएको छ ।

हालै मात्र साउदी अरेबियाले पाकिस्तानमा लगानी गर्ने भन्द केही आशा देखाएको छ । तर एफएटीएफले पाकिस्तानलाई कालोसूचीमा राख्यो भने उ एकदमै ठूलो आर्थिक संकटमा फस्नेछ । जसबाट बाहिर निस्कनु उसका लागि असम्भव जस्तै हुने बताइएको छ । एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।