उपत्यकामा सिसी टीभी जडान गर्न महानगरले प्रहरी परिसरलाई दियाे तीन करोड

Feb 28, 2019 RSS



काठमाडौँ महानगरपालिकाले विभिन्न चोकमा सिसी टीभी जडान गर्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई तीन करोड रकम सहयोग गरेको छ ।

महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण न्यूनीकरणमा प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी टिभी जडानका लागि सो रकम सहयोग गरेको हो । सो रकम काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे ।

महानगरपालिका र परिसरबीच यही असोज ९ गते समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयन गर्न भएको समझदारीअन्तर्गत आज सो रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले महानगर प्रविधिमैत्री हुनुपर्ने बताउँदै सुरक्षित शहर बनाउन सिसी टिभीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “सिसी टिभीले अपराध नियन्त्रण, वैज्ञानिक प्रमाण सङ्कलन, फोहर व्यवस्थापन, अवैध कार्य नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ,” उनले भने ।

महानरपालिकाका प्रमुख शाक्यले शहरलाई सुरक्षित र सुव्यवस्थित बनाउन नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । सिसि टिभीले समयमा नै सतर्कता अपनाई अपराध घट्न नदिने अवस्था बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जनता र शहरलाई सुरक्षित राख्न आपराधिक घटनालाई बाहिर निकाल्न तथा सूचना लिनेका लागि सिसी टिभीले सहयोग पुग्ने बताइन । सोही अवसरमा सिसी टिभी जडान गर्ने सम्बन्धमा महानगरपालिकाका सहसचिव डा टोकराज पाण्डे र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीबीच सझौतापत्रमा हस्ताक्षरसमेत भएको थियो ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।