सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

Mar 11, 2019 Merolagani

सिद्धार्थ बैंक (SBL) ले निष्काशन गरेको २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र फागुन २६ गते आइतबार नेप्सेमा सूचिकृत भएको छ । बैंकले गत मंसिर २३ गतेदेखि पुस २३ गतेसम्म उक्त ऋणपत्र जारी गरेको थियो।

सिद्धार्थ बैंकले एनआईबिएल एस क्यापिटलको ऋणपत्रको बिक्री प्रबन्धकत्वमा एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता ऋणपत्र जारी गरेको थियो । 

बैंकले निष्काशित ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात १८ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरेको हो। सो ऋणपत्रमध्ये २१ लाख ६२ हजार ५५९ कित्ता गत पुस २९ गते बाँडफाँड गरिएको थियो । निष्काशित ८७ हजार ४४१ कित्ता भने बिक्री हुन सकेको थिएन ।

सिद्धार्थ बैंकले १०.५ प्रतिशत ब्याजदरमा एसबिएस डिबेञ्चर २०८२ जारी गरेको थियो । यो ऋणपत्र ७ वर्ष अवधि पश्चात परिपक्व हुनेछ । ऋणपत्रमा लगानाी गर्ने लगानीकर्ताले साढे दश प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् । 

इक्रा नेपालले सिद्धार्थको यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको थियाे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।