आशा लघुवित्तको शेयर कारोबार खुल्यो, कति पायो ओपनिङ्ग रेन्ज ?

Mar 11, 2019 Merolagani

आशा लघुवित्त वित्तीय संस्थाको फागुन २७ गते सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुलेको छ। नेप्सेले आशा लघुवित्तको शेयरलाई कारोबार गर्न एएलबिएसएल (ALBSL) कारोबार संकेत प्रदान गरेको छ । यहि कोडमा अब कम्पनीको शेयर खरिद बिक्री हुनेछ।

नेप्सेले आशा लघुवित्तको पहिलो शेयर कारोबारका लागि प्रतिशेयर न्यूनतम १०० रुपैयाँ ५ पैसा देखि अधिकतम ३०० रुपैयाँ १५ पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ।

सोमबार सोही ओपनिङ्ग रेञ्जभित्र रहेर कारोबार हुनेछ । मंगलबारदेखि भने प्रतिदिन १० प्रतिशतसम्म शेयरमूल्य घट्न वा बढ्न सक्नेछ । 

आशा लघुवित्तले फागुन २६ गते आइतबार आईपिओ जारी पश्चात कायम चुक्ता पूँजी बराबरको २० लाख ७४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गराइसकेको छ।

आशा लघुवित्तले ६ लाख ७४ हजार कित्ता शेयर आईपिओ सहित कूल २० लाख ७४ हजार कित्ता शेयर सूचीकृत गरेको हो । लघुवित्तले माघ १८ देखि २२ गतेसम्म ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।

यसमध्ये १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयर माघ २५ गते सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो

लघुवित्तको खुद मुनाफा चालु आर्थिक वर्षमा २ करोड ७५ लाख ६० हजार रुपैयाँ आर्जन हुने र वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ २९ पैसा तथा प्रतिशेयर नेटवर्थ चालु आवमा १०५ रुपैयाँ २३ पैसा पुग्ने कम्पनीको प्रक्षेपण रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।