ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने बिहीबार अन्तिम, एनएमबिले थप्यो समय

Mar 28, 2019 Merolagani

ग्लोबल आईएमई बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन गर्ने चैत १४ गते बिहीबार अन्तिम दिन रहेको छ। उता एनएमबि बैंकले भने ऋणपत्रमा आवेदन दिने समय दश दिन बढाएर चैत २५ गतेसम्म पुर्याएको छ।

ग्लोबल आइएमई बैंकले फागुन १५ गतेदेखि १०.२५ प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको एक अर्ब ५० करोड रुपैयाँ बराबरको कूल १५ लाख कित्ता निष्काशन गरेको हो। जसमध्ये निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्रीमा ल्याएको हो। 

उता एमएमबि बैंकले फागुन ३० गतेदेखि दश प्रतिशत ब्याजदरमा दश वर्ष अवधिको ३ अर्ब रुपैयाँ बराबरको कूल ३० लाख कित्ता निष्काशन गरेको हो । जसमध्ये निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्रीमा ल्याएको हो।

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा चैत १४ गते बिहीबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्छ भने एनएमबि बैंकले समय थप गरेपश्चात चैत २५ गते सोमबार कार्यालय समयभित्र आवेदन दिन सकिनेछ।

दुबै बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि आवेदन खुला गरिएको सबै आवेदन गर्नसक्ने व्यवस्था रहेको छ। नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट पनि आवेदन लगर्न सकिन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।