युनियन हाइड्रोपावरको सबै आईपिओ नबिक्दा लम्बियो आवेदन समय

Mar 31, 2019 Merolagani

युनियन हाइड्रोपावर कम्पनी (UHCL) को आईपिओमा आवेदन गर्ने लम्बिएको छ। आईपिओमा आवेदन दिने मिति छिटोमा चैत १७ गते बन्द रहने समयसीमा रहेकोमा शुक्रबारसम्म निष्काशित शेयर बिक्री नहुँदा निष्काशन समयावधि बढेको हो।

बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार २० करोड ६० लाख बढीको आवेदन परेको छ । २५ हजार ३०० आवेदनबाट २० लाख ६० हजार कित्ता शेयर माग भएको हो। कम्पनीले ३४ लाख ६३ हजार ६५४ कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो । 

अब बाँकी १४ लाख कित्ता शेयर बिक्री भएपश्चात भने पूर्व सूचना दिएर कुनै पनि दिन बिक्री प्रबन्धकले युनियनको आईपिओ निष्काशन बन्द गर्न सक्नेछ। आईपिओमा ढिलोमा अगामी बैशाख १२ गतेसम्म मात्र खुला रहनेछ।

इच्छुकले लगानीकर्ताले मेरो शेयर सफ्वेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ। आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ।

इक्रा नेपालले कम्पनीको आईपिओलाई औसतभन्दा तल आधार जनाउने 'इक्रा एनपी आईपिओ ग्रेड ५' रेटिङ्ग प्रदान गरेको छ। ग्रेड फाइभ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था कमजोर आधार रहेको बुझाउँछ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित समेत कूल ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशनमा ल्याएको हो। कूल निष्काशित आईपिओमध्ये ७० हजार ६८६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

युनियन हाइड्रोपावरले निमार्ण गरेको ३.३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ भने २३ मेगावाटको मेवाखोला प्रोजेक्ट निर्माणको अनुमति पाएको छ । हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।