सिटिजन्स म्युचुअल फण्ड–१ को प्रति इकाई खुद सम्पत्ति मूल्य २४ पैसा बढ्यो

Mar 31, 2019 Merolagani



सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–१ को फागुन मसान्तमा प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) १० रुपैयाँ ६३ पैसा कायम भएको छ। माघ महिनाको तुलनामा फागुनमा फण्डको एनएभि २४ पैसाले वृद्धि भएको हो।

माघमा फण्डको एनएभि १० रुपैयाँ ३९ पैसा थियो । ८२ करोड रुपैयाँ आकारको यस योजनाको फागुन महिनामा खुद सम्पत्ति ८७ करोड १६ लाख २१ हजार ५५२ रुपैयाँ पुगेको छ।

माघ महिनाको तुलनामा फण्डको खुद सम्पत्ति एक करोड ९८ लाख ९४ हजार ५९१ रुपैयाँले बढोत्तरी भएको हो। माघमा फण्डको खुद सम्पत्ति ८५ करोड १७ लाख २६ हजार ९६१ रुपैयाँ थियो।

फागुन महिनामा फण्डको ६७ करोड २७ लाख ६५ हजार ५५० रुपैयाँ सूचीकृत धितोपत्रमा लगानी छ। गत महिना फण्डकोे ६१ करोड १६ लाख १४ हजार ८६४ रुपैयाँ लगानी सूचीकृत शेयरमा लगानी थियो ।

सिटिजन्सले सबैभन्दा धेरै वाणिज्य बैंक समूहको शेयरमा २८ करोड ३९ लाख ७१ हजार ९२१ रुपैयाँ लगानी गरेको छ । फण्डले विभिन्न वाणिज्य बैंकहरुको ९ लाख ३७ हजार ८६८ कित्ता शेयर होल्ड गरेको छ ।

फण्डले ६७ लाख ७ हजार ७०० रुपैयाँ सूचीकृत हुन बाँकी धितोपत्रमा लगानी रहेको छ भने मुद्धती निक्षेपमा ८ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा ११ करोड ८ लाख ७३ हजार ८८० रुपैयाँ बैंक मौज्दातमा सञ्चित गरेको फण्डको ८६ लाख ९६ हजार रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ । माघ मसान्तमा फण्डको बैंक मौज्दात १४ करोड २७ लाख २४ हजार ८६५ रुपैयाँ र अन्य सम्पत्ति४६ लाख ८३ हजार रुपैयाँ बराबरको अन्य सम्पत्ति थियो।

फागुन महिनामा फण्डको कुल आय ३९ लाख ९८ हजार १३४ रुपैयाँ रहेको छ । माघ मसान्तमा भने फण्डले ६७ क।रोड ९४ लाख ७३ हजार २५० रुपैयाँ खर्च गरेको छ ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।