नबिल इक्वीटी फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्यमा सुधार

Mar 31, 2019 Merolagani



नबिल इक्वीटी फण्डको फागुन मसान्तमा प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) ८ रुपैयाँ ७१ पैसा छ। यो गत महिनाको तुलनामा फण्डको एनएभि १० पैसा बढेको हो। माघ महिनामा फण्डको एनएभि ८ रुपैयाँ ६१ पैसा थियो।

एक अर्ब २५ करोड रुपैयाँको आकारमा सञ्चालीत फण्डको खुद सम्पत्ति एक अर्ब ८ करोड ८१ लाख ६४ हजार ४६० रुपैयाँ पुगेको छ।

माघ महिनाको तुलनामा फण्डको खुद सम्पत्ति एक करोड १२ लाख ९६ हाजर १८ रुपैयाँले घटेको हो। माघमा फण्डको खुद सम्पत्ति एक अर्ब ७ करोड ६८ लाख ६८ हजार ४४२ रुपैयाँ थियो । 

फागुन महिनामा फण्डको सूचीकृत शेयरमा ६५ करोड १६ लाख ५० हजार ४६२ रुपैयाँ लगानी छ। माघ मसान्तको तुलनामा सूचीकृत शेयरमा लगानी एक करोड ४१ लाख १० हजार ८८८ रुपैयाँले बढेको हो।

फण्डको नागरिक लगानी कोषको शेयरमा सबैभन्दा बढी ७ करोड १७ लाख ९१ हजार ५१० रुपैयाँ लगानी छ । यस्तै ऋणपत्रमा ८ करोड ६३ लाख ८८ हजार ८३९ रुपैयाँ लगानी छ ।

यस महिना फण्डले सूचिकृत हुन बाँकी शेयरमा तीन करोड २२ लाख १९ हजार ९८८ रुपैयाँ लगानी छ भने मुद्धती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ लगानी रहेको छ।

समीक्षा अवधिसम्ममा फण्डको बैंक मौज्दात ३८ लाख ६४ हजार ३४ रुपैयाँले घटेर १८ करोड ८२ लाख ९ लाख ८४१ हजार रुपैयाँ सञ्चित छ भने ९५ लाख ८२ हजार १३० रुपैयाँको अन्य सम्पत्ति रहेको छ।

फागुन मसान्तमा फण्डको कुल आय ५६ लाख ८२ हजार २९० रुपैयाँ रहेको छ । माघ मसान्तमा फण्डको यस्तो आम्दानी ५६ लाख १३ हजार ७२८ रुपैयाँ ऋणात्मक रहेको थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।