एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुबै फण्डको एनएभि बढ्याे

Mar 31, 2019 Merolagani

एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबि हाईब्रिड फण्ड एल–१ दुबैको फागुन मसान्तमा प्रतिइकाई खुद सम्पत्ति मूल्य (एनएभि)मा सुधार भएको छ ।

माघ मसान्तको तुलनामा फागुन मसान्तमा एनएमबि हाईब्रिड फण्ड एल–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य फागुन मसान्तमा १० पैसाले बढेको छ भने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को १३ पैसाले बढेको छ । 

यस महिना शेयर बजारमा सामान्य सुधार हुदा दुबै फण्डको खुद सम्पत्तिमा पनि वृद्धि भएको छ। फण्डको खुद सम्पत्तिमा वृद्धि भएपश्चात प्रतिइकाई खुद सम्पति मूल्यमा समेत सुधार आएको हो।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ (NMBSF1)

फागुन महिनामा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको एनएभि ११ रुपैयाँ ३१ पैसा छ । गत महिनाको तुलनामा फण्डको एनएभि १३ पैसाले बढेको हो । माघ महिनामा फण्डको एनएभि ११ रुपैयाँ १८ पैसा थियो ।

७५ करोड आकारमा सञ्चालित यस फण्डको फागुन मसान्तमा खुद सम्पत्ति ८४ करोड ८३ लाख ३७ हजार ९८७ रुपैयाँ पुगेको छ । माघमा फण्डको खुद सम्पत्ति ८३ करोड ८२ लाख ८५ हजार १४५ रुपैयाँ थियो ।

यस फण्डको ३९ करोड ४६ लाख ३५ हजार २७४ रुपैयाँ सूचीकृत शेयरमा लगानी छ । माघमा फण्डको ३९ करोड ६६ लाख ५९ हजार ३०३ रुपैयाँ सूचीकृत शेयरमा लगानी थियो । यस फण्डले वाणिज्य बैंकमा सबैभन्दा धेरैं १४ करोड ६४ लाख रुपैयाँ बराबर लगानी गरेको छ ।

फण्डले सूचीकृत ऋणपत्र तथा बण्डमा १७ करोड ४० लाख रुपैयाँ लगानी छ भने सार्वजनीनिक निष्काशन, हकप्रद तथा बोनस शेयरमा एक करोड ९१ लाख ५८ हजार ९४५ रुपैयाँ लगानी छ । स्थिर आय उपकरणमा फण्डको ९ करोड रुपैयाँ लगानी छ ।

समीक्षा अवधिमा फण्डको बैंक मौज्दात माघको तुलनामा १९ लाख ७२ हजार घटेर १५ करोड ६३ लाख ८० हजार रुपैयाँ मौज्दातमा छ भने एक करोड ८३ लाख ४७ हजार ५११ रुपैयाँको अन्य सम्पत्ति रहेको छ ।

फागुन मसान्तमा फण्डको कुल आय २ करोड ६ लाख ८१ हजार ५५९ रुपैयाँ रहेको छ । माद्ध मसान्तमा फण्डको यस्तो आम्दानी एक करोड ५ लाख ६० हजार ८८३ रुपैयाँ रहेको थियो।

एनएमबि हाईब्रिड फण्ड एल–१ (NMBHF1) 

फागुन मसान्तमा एनमबि हाईब्रिड फण्ड एल–१को एनएभि १० रुपैयाँ ७० पैसा छ । यो माघ महिनाको तुलनामा १० पैसाले बढेको हो । माघमा फण्डको एनएभि १० रुपैयाँ ६० पैसा थियो ।

एक अर्बको आकारमा सञ्चालित यस फण्डको फागुन मसान्तमा खुद सम्पत्ति एक अर्ब ७ करोड तीन लाख ८४ हजार ८०५ रुपैयाँ पुगेको छ । माघमा फण्डको खुद सम्पत्ति एक अर्ब ६ करोड दुई लाख ४३ हजार २६८ रुपैयाँ रहेको थियो ।

यस फण्डको सूचीकृत शेयरमा २४ करोड ८७ लाख ७४ हजार रुपैयाँ लगानी रहेको छ । माघ मसान्तको तुलनामा यस्तो लगानी ९१ लाख ६४ हजार रुपैयाँले बढेको हो । फण्डको वाणिज्य बैंकको शेयरमा सबैभन्दा बढी ९ करोड २९ लाख रुपैयाँ बराबर लगानी छ । 

फण्डको सूचीकृत ऋणपत्र तथा बण्डमा ८ करोड ५० लाख रुपैयाँ लगानी छ भने सार्वजनीक निष्काशन, हकप्रद तथा बोनस शेयरमा एक करोड ७० लाख ९२ हजार रुपैयाँ लगानी छ । साथै फण्डले ४२ करोड रुपैयाँ स्थिर आय उपकरणमा लगानी गरेको छ ।

समीक्षा अवधिमा फण्डले २९ करोड १२ लाख ४० हजार ४११ रुपैयाँ बैंक मौज्दातमा सञ्चित गरेको छ । यस्तै एक करोड १८ लाख ११ हजार रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।

फागुन मसान्तमा फण्डको कुल आय ४ करोड ३६ लाख १४ हजार ६९५ रुपैयाँ रहेको छ । माघ मसान्तमा फण्डको यस्तो आम्दानी ३ करोड ३४ लाख १६ हजार ६९९ रुपैयाँ थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।