नेशनल माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस वितरण

Apr 11, 2019 Merolagani

नेशनल माइक्रोफाइनान्स (NMFBS) ले २५ प्रतिशत बोनस वितरण गरेको छ। कम्पनीको मंसिर २८ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले पारित गरेको उक्त बोनस मंसिर १४ गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीहरुको डिम्याट खातामा वितरण गरेको हो।

मंसिर १४ गते पश्चात शेयर डिम्याट गराएका शेयरधनीहरुलाई क्रमश बोनस वितरण गर्दै जाने कम्पनीले जनाएको छ ।

पाँचौं वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत नगद लाभांश भने कम्पनीले यसअघि नै पुस १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामै जम्मा गरिसकेको छ।

कम्पनीको मंसिर २८ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले २५ प्रतिशत बोनसका साथै १५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो।

हालसम्म पनि कागजी प्रमाणपत्र हुने शेयरधनीलाई कम्पनीले शेयर डिम्याट गर्न र निक्षेप सदस्यमा क्लियरिङ्ग हाउसको सदस्य रहेको बैंक खाता अद्यावधिक गराउन समेत भनेको छ।

शेयर डिम्याट नगरि बोनस पाउन र बैंक खाता अद्यावधिक नगराएसम्म नगद लाभांश प्राप्त नहुने भएकाले शेयरधनीले आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गरेर बैंक खाता अद्यावधिक गराउनु अनिवार्य बन्न जान्छ।

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।