लक्ष्मी लघुवित्तको पूँजी स्थिर हुँदा प्रतिशेयर आम्दानीमा सुधार

Apr 17, 2019 Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) को चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँमा स्थिर रहँदा प्रतिशेयर आम्दानीमा सकारात्मक प्रगति देखिएको छ। गत आवको तेस्रो त्रैमासमा तुलनामा लघुवित्तको इपिएसमा करिब ७ रुपैयाँले सुधार आएको हो।

बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार लघुवित्तले चैत मसान्तसम्म ७ करोड ९१ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.८५ प्रतिशत धेरै हो ।

खुद ब्याज आम्दानी, र सञ्चालक मुनाफा बढेपछि कम्पनीको नाफा बढ्न पुगेको हो। यस अवधिमा कम्पनीले एक अर्ब १८ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन, एक अर्ब ८६ करोड सापटीबाट तीन अर्ब ३७ करोड कर्जा परिचालन गरेको छ । 

कम्पनीको जगेडा कोष तीन करोड ५५ लाखले सुधारिएर २१ करोड ३७ लाख पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी २१.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९.५७ प्रतिशत बढेको छ ।

कम्पनीको निष्क्रिय कर्जा बढेर १.३७ प्रतिशत पुगेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ६९ पैसाबाट ४३ रुपैयाँ ६१ पैसामा बढोत्तरी भएको हो। यस्तै प्रति शेयर नेटवर्थ १८८ रुपैयाँ ३१ पैसा, मूल्य आम्दानी अनुपात १७.६६ गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।