उन्नति माइक्रोफाइनान्सले ९ हजार कित्ता शेयर लिलामी गर्ने

Apr 17, 2019 Merolagani



उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था (UMB) ले ८ हजार ८९५ कित्ता शेयर लिलामी गर्ने भएको छ। कम्पनीले निष्काशन गरेको चुक्ता पूँजीको २० प्रतिशत हकप्रदमा अवितरित सो परिमाणमा शेयर लिलामीमा आउने भएको हो।

माइक्रोफाइनान्सले फागुन १३ देखि चैत १७ गतेसम्म ५ः१ अनुपातमा एक लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो। जसमध्ये रितिपूर्वक आवेदन दिने शेयरधनीलाई एक लाख एक हजार १०५ कित्ता शेयर बैशाख ३ गते मंगलबार बाँडफाँड गरेको हो।

कम्पनीको हकप्रद लिलामीमा आवेदन गर्ने सूचना भने केही दिनमा प्रकाशन हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।