सिटिजन्स बैंकले निकाल्यो वाणिज्य बैंकमा पहिलो रिर्पोट, कति कमायो नाफा ?

Apr 20, 2019 Tirtha Raj Poudyal

- तीर्थराज पौड्याल।   
सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंकले शनिबार प्रकाशित नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरणमा बैंकको प्रगति औसत रहेको छ ।

तीन महिनामा खुद नाफा ३० करोड बढ्यो

सिटिजन्स बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ९२ लाख ५५ हजार रुपैयाँले खुद नाफा बढाएको छ। दोस्रो त्रैमाससम्म ७७ करोड ३ लाख खुद नाफा कमाएको यस बैंकले चैत मसान्तसम्ममा एक अर्ब ६ करोड ९६ लाख एक हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आवको ९ महिना अवधिमा बैंकले एक अर्ब ९८ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आवको यसै अवधिको तुलनामा बैंकले ५.९१ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो ।

वितरण योग्य नाफा ६६ करोड

एनएफआरएस प्रतिवेदन अनुसार एक अर्ब ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुको व्यवस्था पश्चात बैंकले ६६ करोड ९६ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ। जुन खुद नाफाभन्दा ४० करोड ९० लाख कम हो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले प विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा २१ करोड ३९ लाख, पूँजीगत जगेडामा ७ करोड १४ लाख,संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड ७ लाख, र रेगुलेटरी जगेडामा ११ करोड ३० लाख रुपैयाँ छुट्टाएको हो।

राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

निक्षेप संकलन भन्दा कर्जा विस्तार सामान्य

समीक्षा अवधिमा बैंकको कर्जा विस्तार र निक्षेप संकलनको विस्तारमा औसत प्रगति मात्र छ । गत चैत मसान्तको तुलनमा ८.६१ प्रतिशतले निक्षेप संकलन विस्तार गरेर ६५ अर्ब ९२ करोड निक्षेप संकलन गरेको बैंकले कर्जा प्रवाहतर्फ ९.७५ प्रतिशत धेरै ६१ अर्ब २ करोड बराबरको कर्जा लगानी गरेको छ ।

दुई अर्ब खुद ब्याज आम्दानी

यस अवधिमा सिटिजन्स बैंकले ४२.३१ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ । गत आवको चैत मसान्तसम्ममा एक अर्ब ४६ करोड ६७ लाख खुद ब्याज आम्दानी गरेकोमा दुई अर्ब ८ करोड ७२ लाख पुगेको छ ।
बैंकले ६ अर्ब ३३ करोड ३५ लाख ब्याज आम्दानी गरेर ४ अर्ब २४ करोड ६२ लाख ब्याज खर्च गरेको हो ।

 

पूँजी सामान्य बढ्यो,जगेडा कोषमा बढोत्तरी

यस अवधिमा बैंकले पूँजी भन्दा जगेडा कोषको आकारमा बढोत्तरी गरेको छ । गत आवको चैत मसान्तमा बैंकको जगेडा कोष २ अर्ब ९८ करोड ६ लाख रहेकोमा हाल ३ अर्ब ६६ करोड ९६ लाखमा वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको जगेडा २३.११ प्रतिशतले बढेको हो ।

यस्तै बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाखबाट ८ अर्ब ३७ करोड १० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४.२१ प्रतिशत अर्थात ३३ करोड ७८ लाख रुपैयाँले बढेको हो ।

निष्कृय कर्जा अनुपात बढ्यो, प्रतिशेयर आम्दानीमा सुधार

समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात केही बढेको छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा १.४६ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर १.५८ प्रतिशतमा बढेको छ।

यस्तै पूँजी वृद्धि भन्दा आम्दानी बढोत्तरीको दर बढी हुँदा बैंकको प्रतिशेयर आम्दानीमा सुधार आएको छ । बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७७ पैसाबाट १७ रुपैयाँ ०५ पैसामा बढोत्तरी भएको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात १३.०९ गुणा रहेको छ।

आधारदरमा राहत, कोषको लागत भने बढ्यो

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर घटेको छ भने निक्षेप संकलन लागत भने बढेको छ।

यस अवधिमा बैंकको आधार ब्याजदर घटेकोले ऋणीलाई केही सस्तो ब्याजमा नै ऋण पाउन सहज बनेको छ भने लगानीयोग्य तरलता संकटका कारण प्रतिस्पर्धि ब्याजदरमा निक्षेप संकलन गर्दा वाणिज्य बैंकहरुको निक्षेप संकलन लागत भने बढेको छ।

गत वर्षको चैत मसान्तमा ११.१५ प्रतिशत रहेको सिटिजन्सको आधार ब्याजदर १०.५८ प्रतिशतमा झरेको छ भने कोषको लागत ८.३५ बाट ८.५४ प्रतिशतमा बढेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।