आईपिओ निष्काशनको तयारीमा रहेको इन्फिनिटी लघुवित्तको नाफा २१४ प्रतिशतले बढ्यो

Apr 23, 2019 Merolagani

आईपिओ निष्काशनको तयारीमा रहेको इन्फिनिटी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा एक करोड ४९ लाख रुपैयाँ अर्थात २१४.१७ प्रतिशतले बढेको हो ।

गत वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ६९ लाख ८२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । लघुवित्तले आम्दानी र खर्चका सूचकहरुलाई सन्तुलनमा राखेको देखिन्छ । लघुवित्तको खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीमा बढोत्तरी हुँदा नाफा वृद्धि भएको हो ।

चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा दुई करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमसम्ममा ४५ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ८७ करोड ५६ लाख रुपैयाँ ऋण लिएर एक अर्ब ३४ करोड ३५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चालु आबको तेस्रो त्रैमासमा लघुवित्तले ५ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत बर्षको तुलनामा ४ करोड तीन लाख रुपैयाँ बराबरले धेरै हो । गतबर्षको यसै अवधिमा लघुवित्तले एक करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात १.०१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८९ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ४० पैसा छ ।

लघुवित्तले आईपिओ निष्काशको लागि ६ करोड ७४ लाख रुपैयाँ ६ लाख ७४ हजार कित्ता शेयर धितोपत्र बोर्डको पाईपलाईनमा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।