साधना लघुवित्त नोक्सानीबाट नाफा तर्फ

Apr 23, 2019 Merolagani

आर्थिक समृद्धि लघुवित्त सँग मर्जर सम्झौता गरेको साधना लघुवित्तले सुधारात्मक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा लघुवित्तले एक करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । जबकी गत बर्षको यसै अवधिमा २८ लाख ५३ हजार रुपैयाँले नोक्सानीमा थियो ।

खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीमा बढोत्तरी हुदा लघुवित्तको नाफा बढेको हो । चुक्ता पूँजी ४ करोड ९० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक करोड १४ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिसम्म १६ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ५९ करोड ९४ लाख रुपैयाँ ऋण लिएर ८१ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तले यस त्रैमासमा तीन करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतबर्षको यसै अवधिको तुलनामा तीन करोड तीन लाख रुपैयाँले धेरै हो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.०२ प्रतिशत छ ।

साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्त बिच फागुन महिनामा मर्जरमा जाने सम्झौता भएको थियो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।