शाइन रेसुङ्गा र पूर्णिमा विकास बैंकको यस्तो छ तेस्रो त्रैमासको प्रगति

Apr 24, 2019 Merolagani

एक आपसमा मर्जर तथा प्राप्ती प्रकृयामा रहेका शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमा शाइनले राम्रो प्रगति गर्दा पूर्णिको भने नाफा घटेको छ ।

चैत मसान्तसम्म शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा ३१ प्रतिशत बढीले वृद्धि भएका छ भने पूर्णिमा विकास बैंकको खुद नाफा ३ प्रतिशतले गिरावट आएको छ । 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३१ करोड

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले ३१.०७ प्रतिशतले खुद नाफा बढाएर ३१ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तेस्रो त्रैमासमा २३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको खुद नाफा ७ करोड ३७ लाख रुपैयाँले बढेको हो।

बैंकको आम्दानीको स्रोत ब्याज आम्दानीलाई उल्लेख्य रुपमा वृद्धि हुनु तथा कुशल व्यवस्थापनबाट खर्चका सूचकहरुलाई सन्तुलनामा राख्न सक्नु नै नाफा वृद्धिको कारण देखिएका छन् ।

आर्थिक बर्ष २०७४/०७५ को मुनाफाबाट १७.७० प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी एक अर्ब ३७ करोड ८६ लाख रुपैयाँबाट एक अर्ब ६२ करोड २६ लाख रुपैयाँ पुर्याएको बैंकको जगेडा कोष २६.८५ प्रतिशत बढेर ६४ करोड २३ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।

तेस्रो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ६३ करोड ९८ लाख १५ हजार रुपैयाँ र सञ्चालन नाफा ४८ करोड ५६ लाख ७७ हजार रुपैयाँ पुगेको हा । बैंकको खुद ब्याज आम्दानी ३६ प्रतिशत र सञ्चालन नाफा ३८ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ अर्ब ९८ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १५ अर्ब २९ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस त्रैमासमा बैंकले ६३ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतबर्षको तुलनामा १७ करोड अर्थात ३६.१ प्रतिशतले धेरै हो । गतबर्षको यसै अवधिमा बैंकले ४६ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकमा निष्कृय कर्जा अनुपात ०.१९ प्रतिशत छ । प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ५९ पैसा छ । मूल्य आम्दानी अनुपात ९.२० गुणा बढी छ ।

 

पूर्णिमा विकास बैंकको नाफा घट्यो

शाइनसँग विलयमा जाने भएपछि पूर्णिमा विकास बैंक (PURBL) को नाफा घटेको छ। चालु अर्थिक वर्षको तेस्रो त्रैमासमा पूर्णिमा विकास बैंकले ५ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तेस्रो त्रैमासमा ५ करोड ८५ लाख कमाएको बैंकको खुद नाफा १८ लाख अर्थात ३ प्रतिशतले घटेको हो ।

आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट ५ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी ५२ करोड ५० लाख बाट ५५ करोड १२ लाख रुपैयाँ पुर्याएको बैंकको जगेडामा १४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ । जगेडा कोषमा करिब २२ प्रतिशत वृद्धि भएको देखिएको छ ।

समीक्षा अवधिसम्ममा तीन अर्ब ४३ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले तीन अर्ब १२ करोड तीन लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस त्रैमासमा बैंकले १३ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दनी गरेको छ । यो गतबर्षको यसै अवधिको तुलनामा ११.४३ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले ११ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकमा नियकृय कर्जा अनुपात ०.७९ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७६ पैसा छ । मूल्य आम्दानी अनुपात १३.७० गुणा छ ।

मर्जर तथा एक्विजिशनमा जाने सम्झौतासँगै दुबै बैंकले नयाँ ब्यवसायिक विकास, लगानीका क्षेत्रहरुको खोजी गरी बैंंकिङ्ग सेवा विस्तार गर्न दुबै बैंकले प्रतिबद्धता जनाएका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।