मेरो माईक्रोफाइनान्स खु्द नाफा ८६ प्रतिशत बढ्यो

Apr 25, 2019 Merolagani

मेरो माईक्रोफाइनान्स  (MERO) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा ५ करोड १८ लाख रुपैयाँ अर्थात ८६.५८ प्रतिशतले बढी हो।

गत वर्षको चैत्र मसान्तमा बमाइक्रोफाइनान्सले ५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानीमा बढोत्तरी हुँदा माइक्रोफाइनान्सको नाफामा वृद्धि भएको हो । 

चुक्ता पूँजी ३२ करोड ८९ लाख रुपैयाँ रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा १८ करोड ८५ लाख रुपैयाँ सञ्चित छ। पूँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद बिक्री गरिसकेको कम्पनीले हकप्रद पू्रँजीकरण गर्न भने बाँकी छ ।  चैत्र मसान्तसम्ममा एक अर्ब ७ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले ४ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सले २५ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १० करोड ५८ लाख रुपैयाँले हो । गत वर्ष माईक्रोफाइनान्सले १५ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

माइक्रोफाइनान्समा निष्कृय कर्जा अनुपात २.०४ प्रतिशत छ । माईक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ३४ पैसा छ । माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात १२.३३ गुणाले बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।