कन्काई विकास बैंकको नाफा चार करोड ४० लाख

Apr 25, 2019 Merolagani

कन्काई विकास बैंक (KNBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा एक करोड ३८ लाख रुपैयाँले बढी हो ।

गत वर्षको यसै अवधिमा बैंकले तीन करोड एक लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थिय। 

चुक्ता पूँजी ५१ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ करोड ६६ लाख रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा एक अर्ब ९२ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैकले एक ९० करोड रुपैयाँ ऋण लगानी गरेको छ।

समीक्षा अवधिसम्ममा बैंकले ११ करोड २१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत बर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी दुई करोड १८ लाख रुपैयाँले धेरै हो। गत वर्ष बैंकले ९ करोड दुई लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको निष्कृय कर्जा अनुपात ०.३४ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४० पैसा छ भने प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ८२ पैसा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।