आरएमडीसी लघुवित्तको जगेडा कोषमा डेढ अर्ब, कति कमायो नाफा ?

Apr 26, 2019 Merolagani

आरएमडीसी लघुवित्त वित्तीय संस्था (RMDC) को जगेडा कोषको आकार एक अर्ब ५२ करोड ८७ लाख पुगेको छ । गत चैतको तुलनामा कम्पनीको जगेडा कोष १७ करोड १७ लाख रुपैयाँले बढेको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले २४ करोड ४४ लाख रुपैयाँ कमाएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ३५.३० प्रतिशत अर्थात ६ करोड ३७ लाख रुपैयाँले धेरै हो । यस अवधिमा कम्पनीले दश प्रतिशत बोनस बाँडेर चुक्ता पूँजी ७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ । 

गत वर्षको यसै अवधिमा लघुवित्तले १८ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तले आम्दानी र खर्चका सूचकहरुलाई सन्तुलनमा राख्दै नाफा बढाएको देखिन्छ ।

लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने यस लघुवित्तले ६ अर्ब ४२ करोड १२ लाख रुपैयाँ ऋण लिएर ७ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ३४ करोड ८९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २०.२२ प्रतिशत अर्थात ५ करोड ८७ लाख रुपैयाँले धेरै हो ।

लघुवित्तहरुमा मात्र कर्जा प्रवाह गर्ने भएकाले यस कम्पनीमा खराब कर्जा अनुपात शून्य प्रतिशत रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी गत आवको यसै अवधिमा ३३ रुर्पैयाँ १५ पैसा रहेकोमा ७ रुपैयाँ ६२ पैसा बढेर ४० रुपैयाँ ७७ पैसा कायम भएको छ। लघुवित्त कम्पनीको प्रतिशेयर नेटवर्थ २९१ रुपैयाँ २३ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १३.४१ गुणा बढी छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।