प्राइम लाइफ: खुद बीमा शुल्क ४२ करोडले बढ्यो, जगेडा कोषमा अर्ब माथि

Apr 29, 2019 Merolagani



प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षको यहि अवधिको तुलनामा ४२ करोड बढी खुद बीमा शुल्क आर्जन गरेको छ। चैत मसान्तसम्म कम्पनीले एक अर्ब ८७ करोड खुद बीमा शुल्क आर्जन गरेको हो।

गत आवको चैत मसान्तसम्म कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ मात्र खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्राइम लाइफले करिब २ करोड बढी १६ करोड ३६ लाख खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा कम्पनीले कम्पनीले १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ५५ करोड र बीमालेख धितोमा कर्जाबाट ४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले बीमालेख धितोमा ७९ करोड कर्जा लगानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ७८ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष एक अर्ब ११ करोड माथि पुगेको छ । यस्तै जीवन बीमा कोषमा ८ अर्ब १४ करोड र महाबिपत्ती कोषमा १० करोड ८६ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २३ पैसा, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३३ पैसा र मूल्यआम्दानी अनुपात ३७.६२ गुणा छ ।

हालसम्म कम्पनीले १४ अर्ब १३ करोड कूल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १ हजार ६५१ दाबी बापत कूल ३४ करोड ८६ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ भने ४० दाबी बापत १ करोड ४८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । कम्पनीले हालसम्म १६ लाख ७३ हजार भन्दा बढी बीमालेख जारी गरेको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।