नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क साढे चार अर्ब बढ्यो, बीमाकोष झनै मजबुत

May 13, 2019 Merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ अर्ब १९ करोड ९ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले ४ अर्ब ४९ करोड ५२ लाख रुपैयाँले खुद बीमा शूल्क आर्जन बढाएको हो ।

गत वर्षको यस अवधिमा कम्पनीले १० अर्ब ६९ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

जीबन बीमा कम्पनीहरुमै सबैभन्दा धेरै चुक्ता पूँजी रहेको यस कम्पनीले चैत मसान्तसम्ममा ४६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो। कम्पनीको यस्तो नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ३ करोड १४ लाख रुपैयाँले बढेको हो । गत वर्षको यसै अवधिमा ४३ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस त्रैमासम्ममा कम्पनीले पुर्नबीमा कमिशनबाट २ करोड १७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ३ अर्ब १५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै बीमालेख धितोमा ११ अर्ब २ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेर ७७ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको चैत मसान्तसम्ममा जीवन बीमा कोषमा ५९ अर्ब ४६ करोड २३ लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ६१ करोड २४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४३ करोड ६७ लाख रुपैयाँ सञ्चित छ।

हाल कम्पनीको १२ लाख ३९ हजार २४८ वटा बीमा लेखहरु जारी गरी कुल ८३ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ३८ हजार ४२३ दाबी वापत ५ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८७ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ ५६ पैसा र मूल्यआम्दानी अनुपात ७७.२९ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।