राष्ट्रिय बीमा संस्थानको जीबन बीमा कोषमा २० अर्ब ! वर्ष दिनमै पाँच अर्ब बढ्यो

May 15, 2019 Tirtha Raj Poudyal

- खुद नाफा करिब १५% बढ्यो।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान (RBS) को जीबन बीमा कोषको आकार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० अर्ब ७ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको जीबन बीमा कोष पाँच अर्ब तीन करोड ४० लाख रुपैयाँले बढोत्तरी भएको हो।

संस्थानले चालू आर्थिक तेस्रो त्रैमासम्ममा एक करोड ६८ लाख ५८ हजार रुपैयाँँ खुद नाफा कमाएको छ। जुन गत वर्षको यसै अवधिको तुलनामा २१ लाख ५५ हजार रुपैयाँ बढी हो। गत आवको सोहि अवधिमा कम्पनील एक करोड ४७ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

१८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको संस्थानले जगेडा कोषमा पूँजीभन्दा धेरै १८ करोड ६६ लाख रुपैयाँ सञ्चित भएको छ।

कम्पनीले यस अवधिमा पाँच अर्ब ६३ करोड २१ लाख खुद बीमा शुल्क आर्जन गरेर दुई अर्ब २७ करोड एक लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत आवको तेस्रो त्रैमासमा यस कम्पनीले दुई अर्ब ३३ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेर दुई अर्ब ६० करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

संस्थानको गत आवको तुलनामा तेस्रो त्रैमासम्ममा खुद बीमा शुल्क आर्जन रकम ३ अर्ब २९ करोड ३८ लाखले बढेको छ भने ३३ करोड १५ लाख कम खुद दाबी भुक्तानी गरेको छ।

यसअघि नागरिक लगानी कोषले गर्दै आएको राष्ट्र सेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा कम्पनीमा हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो। कम्पनीले राष्ट्र सेवक कर्मचारीहरुबाट २ अर्ब ९५ करोड बीमा शुल्क संकलन गरेको संस्थानले जनाएको छ।

यस कम्पनीले ६ अर्ब ५४ करोड ९० लाख रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा प्रवाह गरि एक अर्ब १६ करोड ३७ लाख र एक अर्ब ३५ करोड ९४ लाख बीमालेख धितोमा कर्जा प्रवाह गरेर ७ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ ४२ पैसा कायम भएको छ। जीवन बीमा कम्पनीहरुको प्रथम त्रैमासको बीमाङ्कीय मुल्याङ्कन नभई अपरिस्कृत वित्तीय विवरणको आधारमा मात्र प्रति शेयर आम्दानी र समग्र अवस्था भने झल्कन सक्दैन।

राष्ट्रिय बीमा संस्थानको नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन भने निर्जीबन बीमा कारोबार गर्ने राष्ट्रिय बीमा कम्पनीको नेप्सेमा कारोबार हुने गरेको छ। राष्ट्रिय बीमा कम्पनी र संस्थान छट्टिएपछि नेपाल स्टक एक्सचेञ्जमा राष्ट्रिय बीमा कम्पनीको मात्र शेयर कारोबार हुँदै आइरहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।