सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा घट्यो

Apr 29, 2019 Merolagani

काबेली विकास बैंकसँग मर्जर प्रकृयामा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको नाफामा ९.०५ प्रतिशतले ह्रास आएको हो ।

गत वर्षको तेस्रो त्रैमासमा बैंकले दुई करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ब्याज आम्दानीमा वृद्धि भएता पनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च धेरै हुदा बैंकको नाफा घटेको हो ।

चुक्ता पूँजी ५२ करोड ३७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ करोड ६ लाख रुपैयाँ सञ्चित छ । चैत्र मसान्तसम्ममा एक अर्ब ६१ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक अर्ब ६५ करोड २७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा बैंकले ९ करोड एक लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी एक करोड ९२ लाख रुपैयाँले बढी हो । गत वर्ष बैंकले ७ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकमा निष्कृय कर्जा अनुपात १.६८ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७५ पैसा छ । मूल्य आम्दानी अनुपात २१.१८ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।