खर्चको भार बढ्दा कामना सेवा विकास बैंकको नाफा खस्कियो

Apr 29, 2019 Merolagani

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै वर्षको तुलनामा बैंकको खुद नाफा ७.०३ प्रतिशतले खस्किएको हो । गत वर्ष बैकले २२ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीमा सुधार हुदा हुदै बैंकको जोखिम व्यवस्थापन र कर्मचारी खर्चमा वृद्धि हुदा नाफा खस्किएको हो ।

चुक्ता पूँजी दुई अर्ब ५० करोड २६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब १२ करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।

चैत्र मसान्तसम्ममा २० अर्ब २७ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १७ अर्ब ९० करोड ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा बैंकले ५९ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी २१.८१ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले ४९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकमा निष्कृय कर्जा अनुपात १.०७ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३० पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ०४ पैसा छ । मूल्य आम्दानी अनुपात १२.६५ गुणा बढी छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।