अर्थमन्त्री एडीबीको बैठकमा भाग लिन फिजी जाँदै, वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्ने

Apr 30, 2019 Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन फिजी जाने भएको छन्। भ्रमणको क्रममा अर्थमन्त्री खतिवडाले नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्ने जनाइएको छ।

यस्तै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारी दिने तयारी रहेको अर्थमन्त्रालयले जनाएको छ।

मुलुक संघीयता कार्यान्वयनको चरणमा भएकाले वित्तीय संघीयतालाई व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको विश्व समुदायलाई जानकारी समेत दिनेछ ।

आगामी मे २ देखि ५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्नेछन् ।

बैठकमा अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिडलगायतका वित्तिय संस्थहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्नेछन्।

दक्षिण एशियाली क्षेत्रिय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्ने कार्याक्रम रहेको अर्थमन्त्रालयले जनाएको छ। यसका साथै सार्क विकास कोषको गर्भनिङ काउन्सिलको बैठकमा समेत मन्त्री खतिवडा सहभागी हुनेछ।

बैठकमा सहभागी हुन अर्थमन्त्री सहित अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख फिजी प्रस्थान गरेका हुन्। अर्थमन्त्री खतिवडा बैशाख २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।