शेयर बजारसँगै चैतमा म्युचुअल फण्डको एनएभिमा सुधार, कुनको अवस्था कहाँ ?

May 01, 2019 Merolagani

शेयर बजारमा चैत्र महिनामा सुधार आउँदा शेयर बजारमा नै मुख्य लगानी गर्ने उदेश्यका साथ स्थापना भएका म्युचुअल फण्डको खुद सम्पत्ति बढ्दा प्रतिइकाई खुद सम्पत्तिमूल्य (एनएभि) मा सुधार आएको छ।  चैतमा शेयर बजार मापन गर्ने नेप्से परिसूचक २८.५६ अंकले बढेको छ।

चैत ३ गते आइतबार ११५५ दशमलव ४६ बिन्दुमा खुला भएको नेप्से परिसूचक चैत महिनाको अन्तिम कारोबार दिन चैत २८ गते बिहीबार ११८४ दशमलव ०२ बिन्दुमा पुगेको छ।

१९ कारोबार दिनमा  नेप्से परिसूचकमा भएको वृद्धिसँगै फण्डहरुको खुद सम्पत्ति र प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि)  बढेको छ ।

चैत्रमा १३ वटै फण्डहरुको एनएभि सुधार

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबार भैरहेका १३ वटै म्युचुअल फण्डहरुले चैत्र महिनामा एनएभिमा सुधार आएको वित्तीय विवरण सार्वजनीक गरेका छन् । जसमा ०.८० प्रतिशतदेखि ३.६९ प्रतिशतसम्म एनएभि सुधार भएको छ। 

दोस्रो बजार अनुसार फण्डहरुको एनएभि घटबढ हुने गर्दछ । शेयर बजार बढ्दा सूचीकृत कम्पनीको शेयरमूल्य बढ्ने गर्दछ। सोही अनुसार म्युचुअल फण्डले लगानी गरेका स्टकको भाउ बढ्दा फण्डहरुको खुद सम्पत्ति बढ्ने गर्दछ । खुद सम्पत्ति बढ्दा प्रतिइकाई खुद सम्पत्ति बढ्छ भने खुद सम्पत्ति घट्दा प्रतिइकाई खुद सम्पत्ति पनि घट्छ ।

चैतमा एआईबिएल एस क्यापिटलको ब्यवस्थापनमा सञ्चालित एनआईबिएल प्रगति फण्डको एनएभि सबैभन्दा धेरै अथार्त ३.६९ प्रतिशतले बढेको छ । सबैभन्दा कम रहेको यस फण्डको एनएभिमा उच्च सुधार भएको हो । चैत्र मसान्तमा फण्डको एनएभि २८ पैसा बढेर ७ रुपैयाँ ८७ पैसा पुगेको छ ।

सञ्चालनमा रहेको म्युचुअल फण्डमध्ये एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ को एनएभि सबैभन्दा धेरै ११ रुपैयाँ ५३ पैसा छ । एक महिना अवधिमा यस फण्डको एनएभि २२ पैसाले बढेको हो ।

त्यसैगरी लक्ष्मी क्यापिटलद्धारा सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ तथा लक्ष्मी इक्वीटी फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको एनएभि २ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।

एनआईबिएल समृद्धि फण्ड १, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १, सानिमा इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड, ग्लोबल आइएमई समुन्नत स्कीम, सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम, सिद्धार्थ इक्वीटी र एनएमबि हाईब्रिड फण्डको एनएभि एक प्रतिशत भन्दा धेरैले सुधार भएको छ ।

चैत मसान्तसम्म ८ रुपैयाँ ७८ पैसा रहेको नबिल इक्वीटीको एनएभि सबैभन्दा थोरै ७ पैसाले मात्र बढेको छ ।

कुन फण्डको कति बढ्यो खुद सम्पत्ति ?

चैत्र महिनामा शेयर बजारमा आएको २८.५६ अंक सुधारसँगै फण्डहरुको खुद सम्पत्तिमा पनि एक देखि ४ प्रतिशतसम्म सुधार भएको छ । फागुन मसान्तमा १३ फण्डको कूल सम्पत्ति १२ अर्ब ८८ करोड ७७ लाख रहेकोमा चैत मसान्तमा  रुपैयाँले वृद्धि भई १३ अर्ब ११ करोड ०७ लाख पुगेको छ।

चैत महिनामा एनआईबिएल प्रगति फण्डको खुद सम्पत्ति सबैभन्दा धेरै ३.७१ प्रतिशतले बढेर ५९ करोड ५ लाख पुगेको छ भने नबिल इक्वीटी फण्डको सबैभन्दा कम ०.९१ प्रतिशतले बढेर एक अर्ब ९ करोड ८० लाख रुपैयाँ कायम भएको छ। फागुनमा एनआईबिएल प्रगति फण्डको खुद सम्पत्ति ५६ करोड ९३ लाख र नबिल इक्वीटी फण्डको एक अर्ब ८ करोड ८१ लाख थियो।

त्यस्तै लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी भ्यालु फण्ड–१, एनआईबिएल समृद्धि फण्ड १ र एआईसी एशिया ग्रोथ फण्डको खुद सम्पत्ति दुई प्रतिशत भन्दा धेरैले बढोत्तरी भएको छ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १, सानिमा इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड, ग्लोबल आइएमई समुन्नत स्कीम, सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम, सिद्धार्थ इक्वीटी र एनएमबि हाईब्रिड फण्डको खुद सम्पत्ति एक प्रतिशत भन्दा धेरैले सुधार भएको छ ।

फण्डको आकारको आधारमा सिद्धार्थ इक्वीटी फण्डको आकार सबैभन्दा धेरै एक अर्ब ६२ करोड ९२ लाख र लक्ष्मी भ्यालु फण्डको सबैभन्दा कम ५५ करोड ९४ लाख रहेको छ ।

सिद्धार्थ इक्वीटी फण्डको एक अर्ब ५० करोड र ५० करोड आकारमा सञ्चालित फण्ड हुन्।

सूचीकृत कम्पनीहरुमा लगानी  १२ करोड २५ लाख थपियो

फागुन महिनाको तुलनामा चैत्र महिनामा १३ म्युचुअल फण्डहरुले सूचीकृत शेयरमा गरेको लगानी १२ करोड २५ लाख रुपैयाँले वृद्धि भएको छ ।

चैत मसान्तसम्ममा सबै म्युचुअल फण्डको सूचीकृत शेयरमा लगानी ७ अर्ब ३२ करोड ३८ लाख ५० हजार पुगेको छ । फागुन मसान्तमा यस्तो लगानी ७ अर्ब २० करोड १३ लाख ५० हजार रहेको थियो।

फागुन महिनाको तुलनामा चैत्र महिनामा सानिमा इक्वीटी फण्डको सूचीकृत शेयरमा लगानी सबैभन्दा धेरै ८.५१ प्रतिशतले बढेको छ । फागुनमा ५४ करोड ७ लाख रुपैयाँ शेयर बजारमा लगानी रहेकोमा चैतमा ५८ करोड ६७ लाख पुगेको हो।

यसैगरि सिद्धार्थ इक्वीटी फण्ड र एनएमबि हाईब्रिड फण्डको शेयरमा लगानी ६.५० प्रतिशत भन्दा धेरैले बढेको छ । त्यसैगरी ग्लोबल आईएमई समुन्नत स्कीम १ को ५.०५ प्रतिशत, एआईसी एशिया ग्रोथ फण्ड ४.५४ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड ३.७० प्रतिशत, नबिल इक्वीटी फण्डको ३.६७ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २.३२ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड १ को १.३४ प्रतिशतले शेयरमा लगानी बढेको छ।

एनआईबिएल प्रगति फण्डको ०.९१ प्रतिशत र एनआईबिएल समृद्धि फण्डको ०.०२ प्रतिशतले सुधार रहँदा लक्ष्मी इक्वीटी फण्ड र सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको लगानी घटेको छ । फागुन मसान्तको तुलनामा चैतमा लक्ष्मी इक्वीटी फण्डको २.८७ र सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको २१.२९ प्रतिशतले सूचीकृत शेयरको कम्पनीमा लगानी घटेको हो।

फण्डहरुको आकार र लगानी रकमको आधारमा हेर्ने हो भने लक्ष्मी इक्वीटी फण्डको शेयर बजारमा लगानी घटेपनि सबैभन्दा धेरै लगानी छ । फण्डले चैत मसान्तमा ७९ करोड ८८ लाख रुपैयाँ शेयर बजारमा लगानी छ । फागुनमा ८२ करोड २४ लाख रुपैयाँ लगानी थियो।

रकमको आधारमा एनएमबि हाईब्रिड फण्डको लगानी सबैभन्दा कम छ । फण्डको चैत मसान्तमा २६ करोड ५१ लाख रुपैयाँ शेयर बजारमा लगानी छ । फागुनमा यस्तो लगानी २४ करोड ८७ लाख रुपैयाँ लगानी थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।