कुमारी बैंक पनि अर्बपति क्लबमा, लाभांश क्षमता साढे ६१ करोड

May 02, 2019 Merolagani

- तीर्थराज पौड्याल।
कुमारी बैंक (KBL)  अर्ब बढी नाफा कमाउने बैंकको सूचीमा समेटिएको छ। बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले एक अर्ब ३२ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख छ।

गत आवको यसै अवधिमा बैंकको खुद नाफा ७३ करोड ६१ लाख १९ हजार रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकले ३६.२६ प्रतिशतले खुद नाफा बढाएको हो । 

तीन महिनामा बढायो ३१ करोड खुद नाफा

नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरणमा कुमारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ३० करोड ९० लाख ४४ हजार रुपैयाँले खुद नाफा बढाएको छ।

पुस मसान्तसम्ममा ६९ करोड ४२ लाख खुद नाफा कमाएको यस बैंकको नाफा चैत मसान्तसम्ममा एक अर्ब ३२ लाख ८९ हजार रुपैयाँ पुगेको हो।

गत आवको ९ महिना अवधिमा बैंकले ७३ करोड ६३ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आवको यसै अवधिको तुलनामा बैंकले ३६.२६ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो।

वितरण योग्य नाफा साढे ६१ करोड, ११ प्रतिशत लाभांश बाँड्नसक्ने

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुको व्यवस्था पश्चात बैंकले ६१ करोड ६० लाख ८७ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ। जुन खुद नाफाभन्दा ३८ करोड ७२ लाख कम हो।

बैंकले कूल एक अर्ब खुद नाफा गरेकोमा कूल ३८ करोड ७२ लाख रुपैयाँ बराबरको व्यवस्था गरेको छ। एनएफआरएस रिर्पोट अनुसार बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा २० करोड ६ लाख, संस्थागत समाजिक उत्तरदायित्वमा ३३ लाख ९४ हजार र कर्मचारी तालिमममा ६१ लाख ६९ लाख र रेगुलेटरी रिर्जब कोषमा ६५ करोड ४१ लाख छुट्टाएको छ भने यसअघि गरेको व्यवस्थाबाट ४७ करोड ७१ लाख फिर्ता आउँदा रेगुलेटरी रिर्जब १७ करोड ६९ लाख ८० हजार मात्र व्यवस्था गर्न पुगेको छ।

चालु आवको ९ महिना अवधिमा गरेको नाफाअनुसार चालु आर्थिक वर्षको नाफाबाट बैंकले शेयरधनीलाई ११.४७ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्था देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

गत दुई आर्थिक वर्षको २१.२५ प्रतिशत बोनस पूँजीकरण गर्न बाँकी रहेको कम्पनीले अन्तिम त्रैमासमा बैंकको नाफामा सुधार आएको नगरेको खण्डमा भने बैंकले थप लाभांश थप घट्न सक्ने देखिन्छ।

निक्षेप संकलन र कर्जा लगानी दुबै ७० अर्ब

यसअघिको तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको कर्जा विस्तार र निक्षेप संकलन ७० अर्ब नजिक पुगेको छ ।

चैत मसान्तसम्म बैंकले ६९ अर्ब ४ करोड ५९ लाख निक्षेप संकलन गरि ६९ अर्ब  ५९ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । १५.९५ प्रतिशतले बचत संकलन बढाएको बैंकको कर्जा प्रवाहको वृद्धि १४.८६ प्रतिशत छ। बैंकको कर्जा निक्षेप अनुपात ७८.५९ प्रतिशत रहेको छ ।

व्यवसायको आकार ७० अर्ब हाराहारीमा रहेको बैंकको खुद ब्याज आम्दानी ६० प्रतिशतले वृद्धि हूँदा सञ्चालन नाफा करिब ४० प्रतिशतले सुधारिएको छ । यस अवधिमा बैंकले दुई अर्ब ३३ करोड ३० लाख खुद ब्याज आम्दानी र एक अर्ब ४२ करोड ८६ लाख सञ्चालन नाफा गरेको छ ।

बैंकहरुको मुख्य आम्दानी नै निक्षेप संकलन गरि कर्जा लगानीबाट प्राप्त हुने नै प्रमुख आम्दानी हो ।व्यवसायको आकार बढाउँदै सो अनुपातमा बैंकको खुद ब्याज आम्दानी बढेको छ ।

प्रतिशेयर आम्दानी बढ्यो

गत दुई आर्थिक वर्षको नाफाबाट २१.२५ प्रतिशत बोनस वितरण गरेर बैंकले उक्त बोनस पूँजीकृत नगर्दा प्रतिशेयर आम्दानीमा सुधार आएको छ। यद्यपी बैंकले पूँजीसँगै नाफा बढोत्तरी गर्न सकेको खण्डमा भने इपिएस सन्तुलन गर्नसक्छ ।

चुक्ता पूँजी ७ अर्ब १६ करोड ३३ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७१ पैसाबाट १८ रुपैयाँ ६७ पैसामा बढेको हो।

बैंकको २०.५५ प्रतिशतले जगेडा कोष बढेको छ । गत आवको चैत मसान्तमा बैंकको जगेडा कोष एक अर्ब ७९ करोड ४८ लाख रहेकोमा हाल २ अर्ब १६ करोड ३७ लाखमा वृद्धि भएको हो।

आधार ब्याजदर र कोषको लागत दुबै घट्यो

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर र कोषको लागत घटेको छ । यसले बैंकको ब्याज खर्च घट्दा धेरै आम्दानी गर्न सकेको देखिन्छ भने बैंकबाट कर्जा लिएका ऋणीहरुलाई पनि ब्याजदरमा केही राहत प्रदान गर्नसक्छ ।

गत वर्षको चैत मसान्तमा ११.६२ प्रतिशत रहेको बैंकको आधार ब्याजदर ११.०२ प्रतिशतमा झरेको छ भने कोषको लागत ८.६७ बाट ८.२९ प्रतिशतमा सुधार भएको छ।

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात पनि केही बढेको छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा १.२४ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा बढेर १.४१ प्रतिशतमा बढेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ७७ पैसा, र मूल्य आम्दानी अनुपात १३.८७ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।