पचास प्रतिशत हकप्रद बिक्री गर्न लागेको ग्रामीण विकास लघुवितको यस्तो छ प्रगति

May 05, 2019 Merolagani

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १६ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको नाफा १४.३७ प्रतिशत बढी हो ।

गतबर्ष लघुवित्तले १४ करोड ३७ लाख नाफा कमाएको थियो ।

६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तले जगेडा कोषमा ५६ करोड रुपैयाँ सञ्चित गरेको छ । जुन गतबर्षको यसैअवधिको तुलनामा ९७ प्रतिशत बढी हो । लघुवित्तले यही वैशाख २७ गतेबाट ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्दैछ ।

यस अवधिमा लघुवित्तले ३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ७६ करोड सापटी लिएर कूल ९ अर्ब ६८ करोड कर्जा लगानी गरेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात भने उच्च रहेको छ । लघुवित्तको खराब कर्जा अनुपात ४.७६ प्रतिशत छ । यस्तै प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४७ पैसा, प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानीको अनुपात १३.३२ गुणा बढी छ ।

लघुवित्तले बैशाख २७ गतेदेखि चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले दुई बराबर एक अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हकप्रद प्रयोजनका लागि चैत २९ गते बुकक्लोज गरिसकेको छ । जसअनुसार चैत २८ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्रामीणको ३२ करोड ७५ लाख रुपैयाँ हकप्रद बिक्री पश्चात ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।