प्रभु बैंकको तेस्रो त्रैमास: खुद नाफा ५८% बढ्दा बन्यो साढे १८% लाभांश बाँड्ने क्षमता

May 05, 2019 Merolagani

- तीर्थराज पौड्याल।
प्रभु बैंकले आइतबार अधिकांश सूचकहरुमा उत्साहप्रद प्रगति सहितको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ। नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरणमा देखिएको सुधारले बैंकका समग्र लगानीकर्तामा नयाँ आशाको सञ्चार गरेको छ ।

चुक्ता पूँजी स्थिर रहेको बैंकको खुद ब्याज आम्दानीमा देखिएको ७३.३१ प्रतिशत बढीको उच्च वृद्धिले बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६७ रुपैयाँले बढेको छ।

पूँजी कोष अनुपातमा दबाब झेलेको बैंकको कर्जा निक्षेप अनुपातमा पनि गत आवको यसै अवधिको तुलनामा वृद्धि भएको छ। आधार ब्याजदर र कोषको लागतमा सुधार आउनु अर्को सकारात्मक पक्ष हो।

खुद नाफा एक अर्ब ४५ करोड

प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले एक अर्ब ४५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख छ।

गत आवको यसै अवधिमा बैंकको खुद नाफा ९१ करोड ७० लाख २८ हजार रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकले ५८.३६ प्रतिशतले खुद नाफा बढाएको हो।

तीन महिनामा बढायो ४१ करोड खुद नाफा

एनएफआरएस अनुसारको वित्तीय विवरणमा प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ४१ करोड ३ लाख ५५ हजार रुपैयाँले खुद नाफा बढाएको छ। पुस मसान्तसम्ममा एक अर्ब ४ करोड १८ लाख खुद नाफा कमाएको यस बैंकको नाफा चैत मसान्तसम्ममा एक अर्ब ४५ करोड २१ लाख ७१ हजार रुपैयाँ पुगेको हो।

वितरण योग्य नाफाएक अर्ब १४ करोड, सोढ १८ प्रतिशत लाभांश बाँड्नसक्ने

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुको व्यवस्था पश्चात बैंकले एक अर्ब १४ करोड ३८ लाख ११ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ। जुन खुद नाफाभन्दा ३० करोड ८३ लाख कम हो।

बैंकले कूल एक अर्ब ४५ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेकोमा कूल ३० करोड ८३ लाख रुपैयाँ बराबरको व्यवस्था गरेको छ। एनएफआरएस रिर्पोट अनुसार बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा २९ करोड ४ लाख, संस्थागत समाजिक उत्तरदायित्वमा एक करोड ४५ लाख २१ हजार र रेगुलेटरी रिर्जब कोषमा ३४ लाख ६ हजार छुट्टाएको छ।

चालु आवको ९ महिना अवधिमा गरेको नाफाअनुसार चालु आर्थिक वर्षको नाफाबाट बैंकले शेयरधनीलाई १८.५२ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्था देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

हालको पूँजी अनुसार १८.५२ प्रतिशत लाभांश बाँड्नसक्ने देखिएपनि गत आवकोृ ८ प्रतिशत पश्चत कायम हुने ८ अर्ब ८८ करोड चुक्ता पूँजी अनुसार बैंकले १७.१७ प्रतिशत लाभांश वितरण गर्न सक्दछ ।

निक्षेप संकलन खर्ब माथि, ८६ अर्बको कर्जा लगानी

तेस्रो त्रैमाससम्मको अवधिसम्ममा बैंकको कर्जा विस्तारभन्दा र निक्षेप संकलनको वृद्धि सुस्त देखिएको छ । १०.४८ प्रतिशतले बचत संकलन बढाएको बैंकको ऋण विस्तारको दर १८ प्रतिशत ज्यादा छ ।

चैत मसान्तसम्म बैंकले एक खर्ब ७ अर्ब ४५ करोड २३ लाख निक्षेप संकलन गरि ८६ अर्ब १६ करोड ९४ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७५.८२ प्रतिशत रहेको छ ।

व्यवसायको आकारमा गरेको वृद्धिले बैंकको खुद ब्याज आम्दानी ७३.३१ प्रतिशतले वृद्धि हूँदा सञ्चालन नाफा २४.६१ प्रतिशतले सुधारिएको छ । यस अवधिमा बैंकले तीन अर्ब ३७ करोड ८३ लाख खुद ब्याज आम्दानी गरि दुई अर्ब ९ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंकहरुको मुख्य आम्दानी नै निक्षेप संकलन गरि कर्जा लगानीबाट प्राप्त हुने नै प्रमुख आम्दानी हो । बैंकको व्यवसायको आकार देखिएको उत्साहजनक बढोत्तरीले लगानीकर्तालाई थप आशावादी बनाउने देखिन्छ ।

प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६७ पैसा बढ्यो

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६७ पैसा बढेर २३ रुपैयाँ ५२ पैसा पुगेको छ । पूँजी स्थिर रहँदा बैंकको प्रगिशेयर आम्दानीमा सुधार देखिएको हो । १७ औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस पूँजीकरण गर्न बाँकी रहेको बैंकको आठ अर्ब २३ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

बैंकको जगेडा कोष ८.६८ प्रतिशतले बढेर तीन अर्ब ७० करोड ६७ लाख पुगेको छ । गत आवको चैत मसान्तमा बैंकको जगेडा कोष तीन अर्ब ४१ करोड ७ लाख थियो। यस्तै रिटेन्ड अर्निङ्ग ७७ करोडबाट एक अर्ब ९१ करोड पुगेको छ ।

आधार ब्याजदर र कोषको लागत दुबै घट्यो

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर र कोषको लागत घटेको छ । बैंकको ब्याज खर्च घट्दा धेरै आम्दानी गर्न सकेको देखिन्छ भने बैंकबाट कर्जा लिएका ऋणीहरुलाई पनि ब्याजदरमा केही राहत प्रदान गर्नसक्छ ।

गत वर्षको चैत मसान्तमा १०.१७ प्रतिशत रहेको बैंकको आधार ब्याजदर ९.१६ प्रतिशतमा झरेको छ भने कोषको लागत ६.३९ बाट ६.१८ प्रतिशतमा सुधार भएको छ।

खराब कर्जा घट्दै

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात पनि सुधार छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा ३.९० प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा २.४२ प्रतिशतमा बढेको छ।
समस्याग्रस्त संस्थालाई किनेर सुधार गर्ने छबी नै बनाएको प्रभु व्यवस्थापन ग्राण्ड बैंकको खराब कर्जा घटाउँदै बैंकलाई प्रगति पथमा अढाडि बढाउन अग्रसर छ । यसको स्पष्ट चित्र बैंकको वित्तीय विवरणमा देखिँदै आएको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ १५ पैसा, र मूल्य आम्दानी अनुपात १०.५८ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।