एनएमबि बैंकको मिश्रित प्रगति, नाफा बढाउन सफल बन्दा कुन सूचाङ्कमा देखियो कमजोर

May 06, 2019 Merolagani

एनएमबि बैंक (NMB) को तेस्रो त्रैमासिक वित्तीय विवरणमा मिश्रित प्रगति देखिएको छ। खर्च नियन्त्रण र कोषको लागत घटाएर आम्दानीका अधिकांश सूचकहरुमा प्रगति गरेको बैंकको जगेडा कोष, प्रतिशेयर आम्दानी, नेटवर्थमा भने कमजोर बनेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा २० प्रतिशतले खुद नाफा वृद्धि गरेको बैंकको पूँजी वृद्धिदर उच्च हुँदा प्रतिशेयर आम्दानी एक रुपैयाँ २५ पैसाले घटेको छ ।

गत आर्थिक वर्षको तुलनामा बैंकको आधार ब्याजदर र कोषको लागत घटेको बैंकको पूँजी कोष अनुपात सबल बनेको छ भने खराब कर्जा अनुपातमा समेत सुधार देखिएको छ । समग्रमा बैंकको प्रगति मिश्रित देखिएको छ ।

खुद नाफा एक अर्ब ६५ करोड

नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरण अनुसार एनएमबि बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ६५ करोड ११ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख छ।

गत आवको यसै अवधिमा बैंकको खुद नाफा एक अर्ब ३७ करोड ६६ लाख ३२ हजार रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकले १९.९४ प्रतिशतले खुद नाफा बढाएको हो।

तीन महिनामा बढायो ५४ करोड खुद नाफा

एनएफआरएस अनुसारको वित्तीय विवरणमा बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ५४ करोड ११ लाख ८४ हजार रुपैयाँले खुद नाफा बढाएको छ। पुस मसान्तसम्ममा एक अर्ब १० करोड ९९ लाख खुद नाफा कमाएको यस बैंकको नाफा चैत मसान्तसम्ममा एक अर्ब ६५ करोड पुगेको हो।

वितरण योग्य नाफा ९७ करोड, कूल ३९ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुको व्यवस्था पश्चात बैंकले ९७ करोड २१ लाख ५४ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ।

बैंकले कूल एक अर्ब ६५ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेकोमा कूल ६७ करोड ८९ लाख रुपैयाँ बराबरको व्यवस्था गरेको छ। एनएफआरएस रिर्पोट अनुसार बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा ३३ करोड २ लाख, क्यापिटल रिडम्सन रिजर्बमा ६ करोड ७८ लाख ४१ हजार, र मुद्रा सटही कोषमा एक करोड ६३ लाख ४३ हजार, संस्थागत समाजिक उत्तरदायित्वमा एक करोड ५६ लाख ३४ हजार र रेगुलेटरी रिर्जब कोषमा २४ करोड ८९ लाख २९ हजार छुट्टाएको छ।

चालु आवको ९ महिना अवधिमा गरेको नाफाअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्मको नाफाबाट बैंकले शेयरधनीलाई १३.४८ प्रतिशत र शेयर प्रिमियम कोषमा रहेको दुई अर्ब ५१ करोड ८० लाखबाट २६ प्रतिशत गरि कूल ३९ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता निमार्ण भएको देखिन्छ ।

राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

निक्षेप संकलन र कर्जा लगानी खर्ब पुगेन

तेस्रो त्रैमाससम्मको अवधिसम्ममा बैंकको निक्षेप संकलन र कर्जा विस्तार एक खर्ब तल रहेको छ । करिब ११.९० प्रतिशतले बचत संकलन बढाएको बैंकको ऋण लगानी करिब २० प्रतिशतले बढेको छ । यद्यपी दुबै एक खर्ब मुनि नै रहेका छन् ।

चैत मसान्तसम्म बैंकले ९३ अर्ब ९६ करोड २६ लाख निक्षेप संकलन गरि ८७ अर्ब २ करोड ४५ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७.८३ प्रतिशत रहेको छ ।

व्यवसायको आकारमा गरेको वृद्धिले बैंकको खुद ब्याज आम्दानी ५०.८४ प्रतिशतले वृद्धि हूँदा सञ्चालन नाफा २३.३१ प्रतिशतले सुधारिएको छ । यस अवधिमा बैंकले तीन अर्ब ९ करोड ४२ लाख खुद ब्याज आम्दानी गरि दुई अर्ब ३४ करोड ९१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

प्रतिशेयर आम्दानी एक रुपैयाँ २५ पैसा घट्यो

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकको प्रतिशेयर आम्दानी एक रुपैयाँ २५ पैसा घटेर २२ रुपैयाँ ८९ पैसामा सीमित भएको छ । पूँजी वृद्धि अनुपातमा नाफा वृद्धिदर कायम हुन नसक्दा इपिएसमा दबाब परेको छ ।

समीक्षा अवधिमा २६.५० प्रतिशतले पूँजी बढाएको बैंकको नाफा करिब २० प्रतिशत मात्र बढेको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ छ ।

शेयरधनी कोषहरुमा संकुचन

गत चैत मसान्तको तुलामा बैंकको शेयर प्रिमियम कोष एक अर्ब ५४ करोड रुपैयाँले घटेको छ भने जगेडा कोष पनि ४ करोड ६० लाख रुपैयाँले घटेको छ। शेयर प्रिमियम र नाफाबाट बैंकले गत आवमा २० प्रतिशत नगद र १० प्रतिशत बोनस गरि ३० प्रतिशत र सोभन्दा अघिल्लो वर्ष १५ प्रतिशत बोनस बाँडेको थियो।

एफपिओ बिक्रीबाट प्राप्त आम्दानीले गत चैत मसान्तमा ४ अर्ब ६ करोड १३ लाख रहेको शेयर प्रिमियम कोष २ अर्ब ५१ करोड ८० लाखमा र दुई अर्ब ४८ करोड ५९ लाख रहेको जगेडा कोष दुई अर्ब ४३ करोड ९९ लाखमा खुम्चिएको छ ।

यस्तै रिटेन्ड अर्निङ्ग दुई अर्ब ३३ करोड ९१ लाखबाट दुई अर्ब १८ करोड ३ लाखमा झरेको छ ।
जगेडा कोष कमजोर बन्दा गत चैतमा २१६ रुपैयाँ १८ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ पनि घटेर १७४ रुपैयाँ २२ पैसामा आएको छ ।

आधार ब्याजदर र कोषको लागत दुबै घट्यो

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर र कोषको लागत घटेको छ । बैंकको ब्याज खर्च घट्दा धेरै आम्दानी गर्न सकेको देखिन्छ भने बैंकबाट कर्जा लिएका ऋणीहरुलाई पनि ब्याजदरमा केही राहत प्रदान गर्नसक्छ ।

गत वर्षको चैत मसान्तमा १०.९२ प्रतिशत रहेको बैंकको आधार ब्याजदर ९.९५ प्रतिशतमा झरेको छ भने कोषको लागत ७.४१ बाट ७.२५ प्रतिशतमा सुधार भएको छ।

खराब कर्जा घट्दै
समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात पनि सुधार छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा १.१० प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा ०.७९ प्रतिशतमा घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।