प्राइम कमर्सियल बैंकको लाभांश क्षमता एक अर्बमाथि, निक्षेप जोगाउने चुनौति

May 09, 2019 Tirtha Raj Poudyal

प्राइम कमर्सियल बैंक (PCBL) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब माथिको लाभांश क्षमता कायम भएको छ। बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा एक अर्ब ७९ लाख वितरणयोग्य मुनाफा गरेको उल्लेख छ ।

चालु आवको ९ महिनामा कमाएको नाफाको आधारमा बैंकले चालु आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.४२ प्रतिशत लाभांश बाँड्नसक्ने क्षमता राख्दछ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख रहेको छ । यस पूँजीमा बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत बोनस पूँजीकरण गरिएको छैन। सो बोनसलाई समेत गणना गरि ९ अर्ब ३१ करोड ८६ लाख पूँजीबाट लाभांश वितरण गर्दा बैंकको लाभांशदर साढे १४ प्रतिशत मात्र रहने देखिन्छ।

राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

खुद नाफा डेढ अर्ब, तीन महिना बढ्यो ४८ करोड

नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरणमा प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ४८ करोड ७० लाख ८ हजार रुपैयाँले खुद नाफा बढाएको छ।

दोस्रो त्रैमाससम्म एक अर्ब ६ करोड ८ लाख खुद नाफा कमाएको यस बैंकले नाफा चैत मसान्तसम्ममा एक अर्ब ५४ करोड ७९ लाख ०५ हजार रुपैयाँ पुगेको हो।

गत आवको ९ महिना अवधिमा बैंकले एक अर्ब १७ करोड ८३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आवको यसै अवधिको तुलनामा बैंकले ३१.३६ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो।

वितरण योग्य नाफा एक अर्ब

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुको व्यवस्था पश्चात बैंकले एक अर्ब ७९ लाख ८८ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ। जुन खुद नाफाभन्दा ५३ करोड ९९ लाख कम हो।

एनएफआरएस रिर्पोट अनुसार बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा ३० करोड ९५ लाख, संस्थागत समाजिक उत्तरदायित्वमा १ करोड ५४ लाख र मुद्रो सटही कोषमा १० लाख कर्मचारी तालिममा ९ लाख र रेगुलेटरी रिर्जब कोषमा २१ करोड २९ लाख छुट्टाएको हो।

निक्षेप संकलन र कर्जा लगानी ७० अर्ब नजिक

प्राइमको तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको कर्जा विस्तार र निक्षेप संकलन ७० अर्ब नजिक रहेको छ। निक्षेप संकलन ५.४८ प्रतिशत अर्थात ३ अर्ब ९७ करोड ८१ लाख रुपैयाँले घटेको बैंकको कर्जा लगानी भने ४ प्रतिशत अर्थात दुई अर्ब ७२ करोड ६१ लाख रुपैयाँले बढेको छ।

तरलतायोग्य लगानी अभावले बैंकहरुलाई आफुसँग रहेको निक्षेप जोगाउन नै चुनौति देखा परेको हो । यसको सिकार प्राइम कर्मर्सियल बैंक देखापरेको छ ।

गत आवको चैत मसान्तको निक्षेप संकलन ७२ अर्ब ६३ करोड ५९ लाख रहेको बैंकको निक्षेप ६८ अर्ब ६५ करोड ७८ लाखमा झरेको छ भने ६७ अर्ब १३ करोड ७८ लाख रहेको कर्जा लगानी चालु आवको तेस्रो त्रैमासमा बढेर ६९ अर्ब ८६ करोड ३९ लाखमा पुगेको छ ।

गत आवको चैतमा एक अर्ब ८३ करोड एक लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको चैत मसान्त आइपुग्दा दुई अर्ब ६० करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो।

प्रतिशेयर आम्दानी बढ्यो

गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस घोषणा गरेको बैंकको बोनसअघि प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा पुगेको छ। १६ प्रतिशत बोनस पूँजीकरण पश्चात पनि बैंकको इपिएस वार्षिक २२ रुपैयाँ १५ पैसा कायम हुने देखिन्छ ।

गत आवको चैत मसान्तसम्ममा बैंकले वार्षिक १९ रुपैयाँ ५६ पैसा इपिएस कायम गरेको थियो।
यस्तै गत आवको चैत मसान्तमा बैंकको जगेडा कोष एक अर्ब ८३ करोड ८५ लाख रहेकोमा हाल करिब २७ प्रतिशत बढेर २ अर्ब ३३ करोड ३८ लाखमा वृद्धि भएको छ।

आधार ब्याजदर र कोषको लागत दुबै घट्यो

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर र कोषको लागत दुब घटेको छ । यस अवधिमा बैंकको लागत र आधार ब्याजदर घटेकोले बैंकको ऋणीलाई ब्याजदरमा केही राहत नै पुग्ने अवस्था देखिन्छ।

गत वर्षको चैत मसान्तमा ११.१० प्रतिशत रहेको बैंकको आधार ब्याजदर १०.२० प्रतिशतमा झरेको छ भने कोषको लागत ८.५३ बाट ८.२९ प्रतिशतमा घटेको छ।

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात पनि केही बढेको छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा १.०६ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा बढेर १.२९ प्रतिशतमा बढेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा, कर्जा निक्षेप अनुपात ७८.४३ प्रतिशत छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।