आम्दानी बढेसँगै राधी विद्युत कम्पनीको नाफामा सुधार

May 10, 2019 Merolagani



राधी विद्युत कम्पनी (RADHI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ११.४९ प्रतिशतले धेरै हो। गत वर्ष कम्पनीले ४ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीले विद्युत बेचेर ११ करोड ४५ लाख रुपैयाँ कमाएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ६.०३ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले १० करोड ८० लाख रुपैयाँ कमाएको थियो। 

यसैगरी कम्पनीले अन्य स्रोत मार्फतको आम्दानी ५०५.१८ प्रतिशतले बढाएको छ। गत वर्ष अन्य स्रोत मार्फत २ लाख ३६ हजार आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ।

चैत मसान्तसम्म कम्पनीले चुक्ता पूँजी १० प्रतिशतले बढाएर ४५ करोड १० लाख रुपैयाँ पुर्याएको छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात ११.९० गुणा बढी छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।