बुटवल पावरको नाफामा सुधार आएपनि खस्कियो प्रतिशेयर आम्दानी

May 12, 2019 Merolagani



बुटवल पावर कम्पनी (BPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा १३.९० प्रतिशतले धेरै हो। गत वर्ष कम्पनीले ६५ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो।

वित्तीय आम्दानी ८७६.१७ प्रतिशतले बढेसँगै कम्पनीको नाफामा सुधार देखिएको हो । गत वर्षको यसै अवधिमा एक करोड २८ लाख वित्तीय आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ५९ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानीमा भने गत वर्षको यसै अवधिको तु्लनामा ५ रुपैयाँ ६४ पैसाले गिरावट देखिएको छ । गत वर्ष ३६ रुपैयाँ ४१ पैसा प्रतिशेयर आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० रुपैयाँ ७७ पैसा प्रतिशेयर आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले विद्युत विक्री मार्फत् ५२ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १९ लाख ३४ हजार रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले विद्युत विक्री मार्फत् ५२ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ४४ करोड रहेको छ । प्रतिशेयर नेटवर्थ २७८ रुपैयाँ ७१ पैसा रहेको कम्पनीको मूल्य आम्दानी ११.७ गुणा बढी छ ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।