बुटवल पावरको नाफामा सुधार आएपनि खस्कियो प्रतिशेयर आम्दानी

May 12, 2019 Merolagani



बुटवल पावर कम्पनी (BPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा १३.९० प्रतिशतले धेरै हो। गत वर्ष कम्पनीले ६५ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो।

वित्तीय आम्दानी ८७६.१७ प्रतिशतले बढेसँगै कम्पनीको नाफामा सुधार देखिएको हो । गत वर्षको यसै अवधिमा एक करोड २८ लाख वित्तीय आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ५९ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानीमा भने गत वर्षको यसै अवधिको तु्लनामा ५ रुपैयाँ ६४ पैसाले गिरावट देखिएको छ । गत वर्ष ३६ रुपैयाँ ४१ पैसा प्रतिशेयर आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० रुपैयाँ ७७ पैसा प्रतिशेयर आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले विद्युत विक्री मार्फत् ५२ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १९ लाख ३४ हजार रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले विद्युत विक्री मार्फत् ५२ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ४४ करोड रहेको छ । प्रतिशेयर नेटवर्थ २७८ रुपैयाँ ७१ पैसा रहेको कम्पनीको मूल्य आम्दानी ११.७ गुणा बढी छ ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।