जनउत्थान लघुवित्तको खुद नाफा ५९.८७ प्रतिशत बढ्यो

May 13, 2019 Merolagani



जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५९.८७ प्रतिशतले धेरै हो । गत वर्ष लघुवित्तले एक करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ३५ प्रतिशतले बढाएर ३ करोड ९० लाख पुर्याएको लघुवित्तले जगेडा कोषमा ४६.४४ प्रतिशतले सुधार गर्दै ५ करोड ९० लाख रुपैयाँ सञ्चित गरेको छ ।

यस अवधिमा लघुवित्तले निक्षेप संकलन ७२.८९ प्र्रतिशतले बढाएर ३६ करोड ३५ लाख पुर्याएको छ भने कर्जा विस्तार ५५.२९ प्रतिशतले बढाएर एक अर्ब ३० करोड रुपैयाँ बराबरको रकम परिचालन गरेको छ । यसका लागि लघुवित्तले ८९ करोड ४४ लाख रुपैयाँ सापटी लिएको छ ।

चैत मसान्तसम्म लघुवित्तले १४ करोड २६ लाख ब्याज आम्दानी र ७ करोड ९७ लाख ब्याज खर्च गरी ६ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५५.७८ प्रतिशतले धेरै हो । गत वर्ष लघुवित्तले ४ करोड ३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.३५ बाट बढेर २.७० प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ६५ रुपैयाँ २२ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात ४५.०८ गुणा बढी छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।